close

अफर सहित सार्वजनिक भयो नेपाली ब्रान्ड अलेवाको ‘बेसबड’

टेकपाना टेकपाना

चैत ६, २०८० १७:२५

अफर सहित सार्वजनिक भयो नेपाली ब्रान्ड अलेवाको ‘बेसबड’

 

काठमाडौं । नेपाली ब्रान्ड अलेवाले आफ्नो नयाँ इयरबड ‘बेसबड’ सार्वजनिक गरेको छ । कम्पनीले क्वाड माइक सिस्टम, एक्टिभ नोइज क्यान्सिलेसनसहित क्रिस्टल क्लियर कलिङ भएको इयरबड नेपाली बजारमा ल्याएको हो । 

नर्मल, ब्यालेन्स र बेस जस्ता ईक्यू मोडमा कस्टमाइज गर्न सकिने यी इयरबडमा १० एमएमको ड्राइभर रहेको छ । ब्लुटुथ ५.३ रहेकाले यो इयरबड अन्य डिभाइसमा सहजै कनेक्ट गर्न सकिन्छ र यसले १० मिटर टाढासम्म स्थिर कनेक्सन प्रदान गर्ने कम्पनीको दाबी छ । 

एबी५६३६ एफ चिपसेट प्रयोग गरिएको बेसबड फुल चार्ज गर्दा सात घण्टासम्मको प्लेटाइम र पाँच घण्टाको टकटाइम पाउन सकिने बताइएको छ । त्यस्तै ४०० एमएएच क्षमताको ब्याट्री भएको चार्जिङ केस हाउजिङ र टाइप सी पोर्ट पाउन सकिन्छ । जसबाट कूल २६ घण्टासम्मको ब्याट्री ब्याकअप पाउन सकिने कम्पनीको भनाइ छ । 

कम्पनीका अनुसार यसमा ५० एमएसको लो लेटेन्सी भएको गेमिङ मोड भएकाले अडिओ गुणस्तरमा सम्झौता नगरिकनै अल्ट्रा रेस्पोन्सिभ गेमिङ एक्सपिरियन्स प्राप्त गर्न सकिनेछ । 

यस बाहेक पसिना र पानी प्रतिरोधका लागि आईपीएक्स ४, एक देखि १.५ घण्टामै फुल चार्ज गर्न सकिने, ८० देखि १०० घण्टाको स्ट्यान्डबाई टाइम, एलईडी डिस्प्ले, स्मुथ टच कन्ट्रोल जस्ता फिचर रहेको यो इयरबडमा छ महिनाको ब्रान्ड वारेन्टी पाउन सकिन्छ । 

दुई हजार ९९९ रुपैयाँमा मूल्य रहेको यो इयरबड लञ्चिङ अफरको रूपमा सुरुवाति १०० जना ग्राहकले एक हजार ९९९ रुपैयाँमै खरिद गर्न सक्नेछन् ।

त्यस पश्चात् मार्च महिनाका लागि यो इयरबड दुई हजार ४९९ रुपैयाँमा उपलब्ध हुने र अतिरिक्त अफरको रूपमा एक महिनासम्म हरेक हप्ता एक जनाले जेनफिट स्मार्टवाच समेत जित्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: चैत ६, २०८० १७:२५