close

बाहिरियो १०८ एमपी क्यामेरा अनि सिङ्गल चार्जमा ३ दिनसम्म चल्ने अनर स्मार्टफोनको मूल्य

टेकपाना टेकपाना

चैत १४, २०८० ११:२४

बाहिरियो १०८ एमपी क्यामेरा अनि सिङ्गल चार्जमा ३ दिनसम्म चल्ने अनर स्मार्टफोनको मूल्य

काठमाडौं ।  नेपाली बजारमा सार्वजनिक हुने तयारीमा रहेको नयाँ स्मार्टफोन अनर एक्स सेभेन बीको मूल्य बाहिरिएको छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपालले यो नयाँ बजेट स्मार्टफोन आज बुधबारदेखि बजारमा ल्याउने तयारी गरेको छ ।

यसमा ६,००० एमएएच क्षमताको ब्याट्री, १०८ मेगापिक्सेल क्यामेरा र २५६ जीबी स्टोरेज रहेको छ ।  यसको मूल्य २३ हजार ९९९ रुपैयाँ रहेको छ ।

सुरुवाति ग्राहकका लागि कम्पनीले अर्लि बर्ड अफरको समेत घोषणा गरेको छ । जसमा उक्त फोन ग्राहकले २२ हजार ९९९ रुपैयाँमै खरिद गर्न पाउनेछन् । 

डीएक्सओमार्कबाट गोल्ड लेबल पाएको अनर एक्स सेभेन बी एक पटक फुल चार्ज गर्दा तीन दिनसम्म चलाउन सकिने कम्पनीको दाबी रहेको छ ।

यो आजसम्म बजारमा आएका सबै अनर एक्स सिरिजका स्मार्टफोनहरू मध्येकै धेरै समय टिक्ने ब्याट्री हो । एक पटकको चार्जमा अनर एक्स सेभेन बीले भिडिओ स्ट्रिमिङ, २४ घण्टा सोसल मिडिया ब्राउजिङ, ६९ घण्टा म्युजिक स्ट्रिमिङ दिन सक्ने बताइएको छ ।

क्यामेराको कुरा गर्नु पर्दा यसमा १०८ एमपी मुख्य क्यामेरा र अगाडि भागमा आठ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । ९१.३ प्रतिशत स्क्रिन-टु-बडी अनुपात रहेको यो फोनमा ६.८ इन्चको अनर फुल भ्यु डिस्प्ले रहेको छ ।

अनर एक्स सेभेन बीको अर्को आकर्षक पक्ष भनेको यसमा रहेको अडिओ हो । डुअल स्पिकर सपोर्ट रहेको यो फोनको भोलुम २०० सम्म जानसक्छ । जसले गर्दा फोन चर्को आवाजमा समेत प्रयोग गर्न सकिने बताइएको छ । 

अनर एक्स सेभेन बीमा २५६ जीबी स्टोरेज र अनर र्‍याम टर्बो (८ जीबी+ ८ जीबी) रहेको छ । अनरको आफ्नै प्रविधिले फ्ल्याश मेमोरीको एक भागलाई र्‍यामको रूपमा प्रयोग गर्न सक्छ । यसको मतलब आठ जीबी र्‍यामलाई उक्त प्रविधिको सहयोगमा १६ जीबीसम्म बढाउन मिल्छ ।

क्वालकम स्नापड्रागन ६८० चिपसेट राखिएको यो फोन एन्ड्रोइड १३ तथा म्याजिक ओएस ७.२ मा आधारित रहेको छ । नेपाली बजारमा अनर एक्स सेभेन बी फ्लोइङ सिल्भर, इमराल्ड ग्रिन र मिडनाइट ब्ल्याक तीन रङ्गमा उपलब्ध हुनेछ । यो फोन अफलाइन र अनलाइन दुवै माध्यमबाट उपलब्ध हुने बताइएको छ । 

 

पछिल्लो अध्यावधिक: चैत १४, २०८० ११:५०