काठमाडौं । विद्युतीय सवारी (ईभी) ब्रान्ड ओमोडाले एक्सचेन्ज अफर ल्याएको छ । पुरानो गाडीसँग नयाँ ओमोडा ईभी साट्न चाहने ग्राहकलाई लक्षित गर्दै कम्पनीले डेढ लाख रुपैयाँ एक्सचेन्ज बोनस पाउने अफर ल्याएको हो ।
यो योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी ओमोडा ईफाइभ (Omoda e5) विद्युतीय गाडी खरिद गर्नुपर्छ । कम्पनीले डेढ लाख रुपैयाँ बाेनसका साथै प्रत्येक खरिदमा सात किलोवाट क्षमताको चार्जर निःशुल्क उपलब्ध गराउने घाेषणा गरेको छ । ओमोडा ईफाइभ खरिद गर्दा कम्पनीले चालु आर्थिक वर्षका लागि सडक कर (रोड ट्याक्स) मा पूर्ण छुट दिने भएको छ । सीमित स्टकमा उपलब्ध ओमोडा ईफाइभ कम्पनीले ६१ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्न थालेको छ ।
यसबाहेक ग्राहकहरू थप नगद छुटबाट लाभान्वित हुने र प्रत्येक खरिदमा निःशुल्क टि-बक्स पनि समावेश हुने कम्पनीले जनाएकाे छ ।
“गत फेब्रुअरीमा सार्वजनिक गरेदेखि नै ओमोडा ईफाइभप्रति नेपाली बजारले देखाएको सकारात्मक प्रतिक्रियाबाट हामी निकै प्रेरित छौं,” एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक गौरव सारडाले भने, “यसै अन्तर्गत ओमोडा गाडी खरिद गरी विद्युतीय सवारी साधनहरूतर्फ ‘अपग्रेड’ हुन चाहने नेपालीहरूका लागि यो अफर प्रस्तुत गर्न पाउँदा उत्साहित छौं ।”
ओमोडा ईफाइभको सीमित स्टक रहँदासम्म यो योजना लागु हुने कम्पनीले जनाएकाे छ ।