काठमाडौँ । नेपाली बजारमा ‘सीएमएफ फोन टु प्रो’ मोबाइलको प्रि-बुकिङ एक घण्टामै सकिएको छ । बिहीबार दिउँसो १२:४० बजे सुरु गरिएको प्रि-बुकिङ ग्राहकको अत्यधिक मागका कारण एक घण्टामै बन्द भएको कम्पनीले जानकारी दिएको छ ।
“मे १८ (जेठ ५) सम्म चल्ने भनिएको प्रि-बुकिङ सबै स्लट भरिएपछि एक घण्टामै बन्द गरिएको हो,” कम्पनीका प्रतिनिधिले टेकपानासँग भने ।
यो फोन खरिदमा ग्राहकलाई ६ हजार ४९९ रुपैयाँ मूल्य पर्ने बड्स टु ए (Buds 2a) निःशुल्क दिने प्रस्ताव गरिएको थियो । नेपाली बजारमा यो मोडेल दुई भेरियन्टमा उपलब्ध हुनेछ । ८ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ३९,४९९ रुपैयाँ रहेको छ ।
फोनको बिलिङ र आधिकारिक बिक्री आगामी ६ जेठदेखि सुरु हुने कम्पनीले जानकारी दिएको छ ।