close

डिशहोमको ‘चिल-फाई’ अफर, हाई फ्युचरका ग्याजेट्समा ५० प्रतिशत छुट

टेकपाना टेकपाना

साउन २, २०८२ १७:२४

डिशहोमको ‘चिल-फाई’ अफर, हाई फ्युचरका ग्याजेट्समा ५० प्रतिशत छुट

काठमाडौँ । डिशहोमले ल्यानिज हबसँगको सहकार्यमा आफ्ना ग्राहकहरूका लागि हाई फ्युचर ब्रान्डका ग्याजेटहरूमा ५० प्रतिशतसम्मको छुट अफर ल्याएको छ । यस अफर अन्तर्गत​ग्राहकहरूले डिशहोम इन्टरनेट वा टिभी सेवा तीन महिना, छ महिना, एक वर्ष वा दुई वर्षका लागि सब्स्क्राइब  वा रिचार्ज गर्दा विभिन्न ग्याजेटहरू ५० प्रतिशत छुटमा पाउने सक्नेछन् । 

यस योजना अन्तर्गत ग्राहकले तीन हजार ४९९ रूपैयाँ पर्ने सोनिक एयर एयरबड एक हजार ७४९ मा खरिद गर्न सक्नेछन् । यस्तै पाँच हजार ४९९ रुपैयाँ पर्ने जोन २ स्मार्टवाच दुई हजार ७४९ मा खरिद गर्न सक्नेछन् । आठ हजार ९९९ रुपैयाँ पर्ने भोकल स्पिकर चार हजार ४९९ रुपैयाँमा खरिद गर्ने‍ सकिने कम्पनीले जनाएको छ ।

यससँगै, सबै हाई फ्युचर उत्पादनहरूमा अतिरिक्त १५ प्रतिशत छुट पाउनको लागि प्रोमो कोड "CHILLFI15" प्रयोग गर्न सकिने पनि कम्पनीले जनाएको छ । 

शुक्रबारदेखि सुरु भएको यो अफरअन्तर्गतका ग्याजेटहरू डिशहोमको वेबसाइटमा गइ ग्याजेटहरू खरिद गर्न सक्नेछन् । यो अफर नयाँ तथा पुराना दुवै ग्राहकका लागि लागू गरिएको छ । आफ्ना ग्राहकहरूलाई प्रविधिमैत्री जीवनशैलीमा अझ नजिक ल्याउने लक्ष्यसहित हाई फ्युचर ब्रान्डका उत्पादनहरूमा छुटको व्यवस्था गरिएको कम्पनीको भनाइ छ । 

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १९:२५