close

एन्ड्रोइडमा पनि आयो ओपनएआईको चर्चित भिडिओ जेनेरेसन एप ‘सोरा’

टेकपाना टेकपाना

कात्तिक १९, २०८२ १६:५४

एन्ड्रोइडमा पनि आयो ओपनएआईको चर्चित भिडिओ जेनेरेसन एप ‘सोरा’

काठमाडौँ। एआई कम्पनी ओपनएआईले आफ्नो बहुचर्चित भिडिओ जेनेरेसन एप सोरा एन्ड्रोड प्रयोगकर्ताका लागि पनि उपलब्ध गराएको छ । गत महिना आईओएसमा ल्याइएको यो एप गुगल प्ले स्टोरमा पहिलो चरणमा क्यानडा, दक्षिण कोरिया, जापान, ताइवान, थाइल्यान्ड, भियतनाम र अमेरिकाका प्रयोगकर्ताहरूका लागि रोलआउट गरिएको हो ।

सोराको मद्दतले प्रयोगकर्ताहरूले टेक्स्ट प्रम्प्ट र इमेजबाट सजिलै भिडिओहरू सिर्जना गर्न सक्छन् । एपमा कोल्याबोरेसन (सहकार्य), विभिन्न भिडिओ शैलीहरू छनोट गर्ने विकल्प र अन्य प्रयोगकर्ताका सिर्जनाहरूलाई रिमिक्स गर्ने सुविधा पनि छ । 

यसका साथै, सामग्रीहरू शेयर गर्न र पत्ता लगाउनका लागि कम्युनिटी फिचरहरू छन् । ओपनएआईले हालै केही क्षेत्रहरूमा प्रयोगकर्ताले अब इन्भाइट कोड (invite code) बिना नै सोरामा पहुँच पाउन सक्ने घोषणा गरेको छ, जसले गर्दा उनीहरूले तत्कालै भिडिओ बनाउन सुरु गर्न सक्छन् ।

 


पछिल्लो अध्यावधिक: कात्तिक १९, २०८२ १६:५८