close

शेयर कारोबारको गेम सार्वजनिक, अनलाइनमै शेयर बजारकाे अनुभव लिन सकिने

टेकपाना टेकपाना

पुस ४, २०७६ १०:३८

शेयर कारोबारको गेम सार्वजनिक, अनलाइनमै शेयर बजारकाे अनुभव लिन सकिने

शेयर संसार डटकमले ‘शेयर खेलाडी’ नामक सफ्टवेयर सार्वजनिक गरेको छ । ‘शेयर खेलाडी’ वेबमा आधारित गेमिंग प्रणाली हो । जसमार्फत नेपाल स्टक एक्स्चेन्ज (नेप्से) बाट लगानीकर्तालाई वास्तविक समय सापेक्ष कारोबारको तथ्याङ्क प्रदान गर्दछ ।

लगानीकर्ताले शेयर खेलाडीमार्फत भर्चुअल पैसा मार्फत शेयर कारोबारको अभ्यास गर्न सक्ने बताइएको छ । यसमा विभिन्न इभेन्ट सञ्चालन गर्न सकिने भन्दै कम्पनीले तेस्रो पक्षले समेत त्यस किसिमका गतिविधि आयोजना गर्न सक्ने जनाएको छ । यसका लागि प्रयोगकर्ताले शेयर संसार डटकममा गएर खाताखोली शेयर खेलाडीमा लगइन गर्नु पर्ने हुन्छ ।

शेयर खेलाडीमा लगानीकर्ताले सूचीकृत विभिन्न इभेन्ट्समा सहभागी पाउनेछन् । साथै भविष्यमा हुने इभेन्ट्सको सूचना समेत अग्रीम रुपमा प्राप्ट गर्नसक्ने जनाइएको छ ।

यसमा प्रारम्भमा १० लाख रुपैयाँ लगानीकर्तालाई उपलब्ध हुनेछ । ‘लगानीकर्ताले नेप्सेमा कारोबार गरेको जस्तै गरी आदेश प्रविष्ट गर्न सक्नेछन्’, शेयर संसारका प्रबन्ध निर्देशक सन्दीपबिक्रम राणा भन्छन, ‘खेलाडीले नेप्से तथा सूचीकृत कम्पनीको चार्ट तथा लगानी इतिहास र लगानी सारांश विश्लेषण गर्न सक्छन् । ड्यासबोर्डमा प्रत्येक इभेन्टको शीर्ष लगानीकर्ता पनि देखिन्छ ।’

शेयर खेलाडी कुनै पनि विधार्थी तथा नँया लगानीकर्ताहरुको लागि डिजाइन गरिएको छ । जसले शून्य जोखिममा नेपाली शेयर बजारको प्रत्यक्ष अनुभव लिन समेत सकिने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१