close

अब ट्वीटरमा ‘टपिक’ पनि फलो गर्न मिल्ने फिचर, यसरी प्रयोग गर्नुस्

टेकपाना टेकपाना

कात्तिक २१, २०७६ १५:१४

अब ट्वीटरमा ‘टपिक’ पनि फलो गर्न मिल्ने फिचर, यसरी प्रयोग गर्नुस्

ट्वीटरमा अहिलेसम्म आफूलाई रुची भएको क्षेत्रका अकाउन्ट फलो मात्रै गर्न पाइन्थ्यो । अब भने ट्वीटरमा कुनै व्यक्तिलाई मात्रै नभएर आफूलाई मनपर्ने बिषयलाई समेत फलो गर्न सकिने भएको छ ।

यो फिचर यसै साता केही सीमित प्रयोगकर्तालाई मात्र दिइएको छ । आगामी सातादेखि सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउनेछन् । प्रयोगकर्ताले ट्वीटर एपको सर्चबारमा गएर आफूलाई मनपर्ने बिषय टाइप गरी सोही बिषय फलो गरेर त्यस सम्बन्धी ट्वीटहरु हेर्न सक्नेछन् ।

हाललाई तीन सय बढी बिषयलाई फलो गर्न मिल्ने बनाइएको छ । यस्तै, फिचर इन्स्टाग्राममा पनि छ । इन्स्टाग्राममा कुनै प्रयोगकर्ताले सर्चबारमा गएर आफूलाई मनपर्ने बिषयको ह्यासट्यागलाई मात्रै फलो गर्न मिल्ने सुविधा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०