close

ब्ल्याक सार्क थ्री १६ जीबी र्‍याम क्षमताको पहिलो स्मार्टफोन !

टेकपाना टेकपाना

पुस २७, २०७६ ८:२९

ब्ल्याक सार्क थ्री १६ जीबी र्‍याम क्षमताको पहिलो स्मार्टफोन !

पछिल्लो एक लिकका अनुसार निकट भविष्यमा आउने ब्ल्याक सार्क थ्री सार्क केएलई-एओ मोडेल नम्बर आउने विश्वास गरिएको छ । जसका लागि गत महिना मात्रै चीनमा सर्टिफिकेट लिइएको थियो । 

सर्टिफिकेटमा आउँदै गरेको स्मार्ट फोनको विषयमा त्यति धेरै जानकारी नखुलाइएको भए पनि यसमा फाइभजी सपोर्ट गर्ने फिचर रहने कुरा भने देखाइएको छ । एक टिप्सटर (टिप्सहरु दिने च्यानल) का अनुसार याे डिभाइसमा १६ जीबी र्‍याम सहित फाइभजी सपोर्ट हुनेछ ।

याे यति धेरै र्‍याम क्षमताको पहिलो स्मार्टफोन हुनेछ । यो गेमिङ फोनमा गेम खेल्दा तथा भारी किसिमका कामहरु गर्दा सिर्जना हुने तापक्रमसँग जुध्न कुलिङ इफेक्ट समेत हुनेछ । 

ब्ल्याक सार्क थ्री गत वर्षको जुलाईमा सार्वजनिक भएको ब्ल्याक सार्क टू प्रोको सक्सेसर हुने अपेक्षा गरिएको छ । ब्ल्याक सार्क प्रो एफएचडी प्लस स्क्रिन भएको ३.३९ इञ्च डिस्प्लेका साथ आएको थियो । ब्ल्याक सार्क थ्री समेत एफएचडी प्लस स्क्रिन सहित सोही आकारको डिस्प्लेमा आउने अन्दाज गरिएको छ ।

जसमापछिल्लो समयको चल्तिको फ्ल्यागसिप प्रोसेसर हुने बताइएको छ । ४७०० एमएएच ब्याट्री हुने ब्ल्याक सार्क थ्रीमा २७ वाट फास्ट चार्जिङ सपोर्ट हुने बताइए पनि निश्चित भने भइसकेको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०