close

फोन-पेको क्यूआर प्रयोग गर्दा २५ हजार नगददेखि दुबई टुरसम्म

टेकपाना टेकपाना

माघ २, २०७६ १०:५७

फोन-पेको क्यूआर प्रयोग गर्दा २५ हजार नगददेखि दुबई टुरसम्म

फोन–पेले क्यूआर मार्फत कारोबार गर्ने ग्राहक र व्यापारीका लागि उपहार योजना सार्वजनिक गरेको छ । अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा फोन–पेले आकर्षक उपहार, क्यासब्याक, मोबाईलफोन जित्नेदेखि विदेश यात्रासम्मका योजना ल्याएको हो ।

उपहार योजनामाबाट फोन–पेका सदस्य बैंक तथा ई–सेवा मार्फत नेपालभर रहेका क्यू–आरमार्फत भुक्तानी गर्ने ग्राहक तथा क्यूआर भुक्तानी लिने व्यापारीले लाभ लिन सक्नेछन् । लक्की ड्र मार्फत विजेता सार्बजनिक गरिने कम्पनीले जनाएको छ ।

दैनिक, साप्ताहिक र मासिक रुपमा विजेता घोषण गरिने यो उपहार योजना ६ महिनासम्म लागु हुनेछ । दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् भने पाँचवटा व्यापारीले आकर्षक उपहार प्राप्त गर्नेछन् । यस्तै हरेक हप्ता एक जना ग्राहक र एक जना व्यापारीले २५ हजार रुपैयाँ बराबरको मोबाईल फोन जित्न सक्नेछन् ।

यसैगरी हरेक महिना एक जना ग्राहक र एक जना व्यापारीले दुबई भ्रमणको अवसर पाउनेछने । यो उपहार हात पार्ने ग्राहक र व्यापारीले साथमा थप ३ जनालाई साथमा लैजान पाउनेछन् । उपहार योजना जुन अन्त्यसम्म सञ्चलन हुने बताइएको छ ।

उपहार योजना अवधिभर दैनिक तर्फ १८१० जनाले उपहार पाउनेछन् भने साप्ताहिकमा ५० जना भाग्यशाली छनौट हुनेछन् । त्यसैगरी प्रत्येक महिना २ जनाका दरले १२ जनाले दुबई भ्रमणको उपहार जित्ने मौका पाउनेछन् ।

फोनपेमा हाल ७५ हजार भन्दा धेरै व्यापारी आवद्ध रहेका छन् भने नेपालभरका ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका ८० लाख मोबाईल बैंकिङ सदस्य रहेका छन् । फोन–पेले सदस्य बैंक तथा वित्तीय संस्था मार्फत पछिल्लो समय आफ्नो नेटवर्क तीब्र रुपमा विस्तार गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०