close

रिचार्जरको बिग सेलमा एकै दिन २२ हजार अर्डर, सबै अफर जनवरीभर

टेकपाना टेकपाना

माघ ६, २०७६ २०:१२

रिचार्जरको बिग सेलमा एकै दिन २२ हजार अर्डर, सबै अफर जनवरीभर


मोबाइल एप रिचार्जरले आफ्नो बिगसेल अफरलाई जनवरी महिनाभर निरन्तरता दिने भएको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सोमबारदेखि सुरु रिचार्जरको बिग सेलमा पहिलो दिनमै २२ हजार अर्डर प्राप्त भएको जनाउँदै कम्पनीले अफरको अवधि लम्ब्याउने जनाएको हो ।

रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बिग सेलमा दिइएका अफरहरु निरन्तरता दिनुका साथै नयाँ अफर थप गर्ने बताए । सेवाग्राहीको अधिक चासोका कारण बिगसेलको दिन एपमा अधिक हिट आउँदा केही समेत देखिएको थियो । तर उक्त समस्या केहीबेरमै समाधान भएको उनको भनाई छ ।

नेपाल भ्रमण वर्ष सचिवालयको आधिकारिक ई–कमर्श प्लेटफर्म समेत रहेको रिचार्जरले बिगसेलमा नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराए दाबी गरेको छ । ‘रिचार्जरको सञ्जाल बढाउने अभियानमा प्रयोगकर्ताहरुलाई हामी बजारमा भन्दा सस्तोमा वस्तु तथा सेवाहरु उपलब्ध गराउँदै छौं । रिचार्जरको मोबाइल एप डाउनलोड गरी खाता सञ्चालन गरी अफरबाट लाभान्वित हुन अनुरोध गर्दछु,’ ग्लाइडरले भने ।

कम्पनीका अनुसार जनवरी महिनाभर ग्राहकले रिचार्जर एप मार्फत खरीद गर्दा मेगा डिल अन्तरगत ६० प्रतिशत सम्मको छुट प्राप्त गर्नेछन् । भ्रमण वर्ष २०२० सचिवालयसँगको सहकार्यमा रिचार्जरले तीन वटा नयाँ प्रडक्ट तथा सेवा पनि सुरु गरिने जनाएको छ ।

जसमा डोमेस्टिक टूर प्याकेज, सोभिनियर्ज आइटम (नेपाली हस्तकलाका उत्पादन) र २४ सेभेन फूड सर्भिसमा आकर्षक अफरहरु उपलब्ध हुनेछन् । २४ सेभेन फूड सर्भिस भने जनवरी २५ देखि मात्र सुरु हुने कम्पनीले जनाएको छ ।

रिचार्जरले मोबाइल रिचार्जमा त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ भने अन्य सेवाको खरिदमा २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छूटका रुपमा प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१