close

यात्राको समयमा यसरी बच्नुहोस संभावित साइबर हमलाबाट

टेकपाना टेकपाना

माघ ९, २०७६ १९:५२

यात्राको समयमा यसरी बच्नुहोस संभावित साइबर हमलाबाट

एजेन्सी । यात्राको समयमा सहज अनी छरितो उपकरण बोक्नुपर्छ भन्ने हाम्रो मान्यता छ । त्यसैले धेरैले ल्यापटप भन्दा पनि मोबाइल अथावा ट्यावलेट बोकेर हिड्ने गरेको पाइन्छ । तर हामीले बोक्ने फोन अथावा ट्यावलेट नै किन नहोस् ।

त्यो अडियो, भिडियो भएको एक किसिमको कम्प्युटर नै हो । यसमा गिगाबाइट इन्फर्मेसनहरु हुन्छन् । ती इन्फर्मेसनहरु संवेदनशिल हुनसक्छन् । त्यसैले त्यस्ता उपकरणलाई यात्राको सयममा हुन सक्ने साइबार अट्याकबाट जोगाई राख्नु पर्नेहुन्छ् ।

त्यसकालागि सबैभन्दा पहिले ल्यापटप, ट्याबलेट तथा फोन आफुसँग जे डिभाइस छ त्यसमा एउटा भीपीएन सफ्टवेयर इन्स्टल गरेर हिड्नु अपरिहार्य छ । यो सबैभन्दा सहज र सुलभ उपाए हो । जब तपाईं कसैलाई अनलाइन कल गरिरहनु भएको छ भने भीपीएनले इन्क्रिप्टेड टनल बनाउने काम गर्छ ।

जसले गर्दा यदि कसैले तपाईंलाई ट्रयाक गरि तपाईंले बोलेको कुरा सुन्दैछ भने पनि इन्क्रिप्टेड डेटा मात्र सुन्न सक्छ । यसको अर्थ कुराका काटिएका भागहरुमात्रै सुन्न सक्छ । यात्रा गर्दा ध्यान दिनुपर्ने अर्को कुरा भनेको तपाईंलाई यात्राको समयमा आवश्यक पर्ने डेटा के हो त्यो बुझ्न जरुरी छ ।

यदि तपाईंलाई कुनै डेटा आवश्यक पर्छ भन्ने लागेमा त्यस्ता डेटा वा जानकारीलाई एक्स्टर्नल स्टोरेज तथा मेमोरी स्टिकमा समेत विकल्पको रुपमा राखेर हिड्न पर्छ । यो झन्झटीलो प्रक्रिया हो जस्तो लाग्छ भने, तपाईंले आफ्नो ल्यापटप तथा मोबाइलमा रहेका संवेदनशिल डेटालाई इन्क्रिप्ट गरेर राख्नुहोस् ।

ताकी तपाईंको ल्यापटपमा अरु कसैले एक्सेस पाएको खण्डमा पनि उसले डेटा तथा जानकारीमा एक्सेस पाउन नसकोस् । यसअलावा तपाईंले अपनाउन सक्ने अर्को सुरुक्षा विकल्प भनेको कतै फ्रि वाईफाई राखिएको छ भने त्यसलाई कहिलै प्रयोग नगर्नुहोस् ।

त्यस्ता फ्रि वाईफाइहरु गतल नियतका लागि पनि राखिएको हुन सक्छ । डिभाइसमा हुने लुपहोल तथा वाईफाईको सुरक्षा कमजोरीका कारण तपाईंको संवेदनशिल डेटामा अरुले सहजै एक्सेस पाउन सक्छन् ।

सत प्रतिशत नै सुरक्षा भन्ने कुरा कहीँ कतै पनि हुँन्न । तर तपाईंले आफ्ना संवेदनशिल डेटा तथा जानकारीलाई इन्क्रिप्ट गर्ने, भीपीएन प्रयोग गर्ने तथा सधै सजग रहने बानी बसाल्नु भयो भने यात्राको क्रममा हुने साइबर हमलबाट केहि हदसम्म भने बच्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१