close

रिचार्जरमा सिनेमाको टिकेट काट्दा २२० फिर्तादेखि किस्तामा टूर सम्म

टेकपाना टेकपाना

माघ १४, २०७६ १७:५३

रिचार्जरमा सिनेमाको टिकेट काट्दा २२० फिर्तादेखि किस्तामा टूर सम्म

मोबाइल एप रिचार्जरले एफक्युब सिनेमाको टिकटमा २२० रुपैंया क्यास व्याक दिने गरी अफर सार्वजनिक गरेको छ । बिग सेल अफर अन्तरगत रिचार्जरबाट एफक्युब सिनेमाको टिकेट खरीद गरे लगत्तै २२० रुपैंया नगद फिर्ता हुने कम्पनीले जनाएको छ ।

त्यसै गरी रिचार्जरले रात्री समयका लागि खाना तथा पेय पदार्थको सेवा पनि थप गरेको छ । त्यसका लागि कम्पनीले रोयर इम्पायर बुटिक होटल र भोक लाग्यो डटकमसँग सहकार्य गरेको छ । जनवरी २० देखि सञ्चालन भइरहेको बिग सेलमा २० हजार २० रुपैंयामा अन्नपूर्ण बेस क्याम्प अवलोकनको अफर विशेष आकर्षण बनेको छ ।

त्यसै गरी कालिञ्चोक, खोटाङ हलेसी लगायत स्थानको भ्रमण प्याकेजका लागि धेरै अर्डर आएको कम्पनीले जनाएको छ । रिचार्जरका नयाँ प्रयोगकर्ताहरुमध्ये एक जनालाई हरेक महिना गोलाप्रथाबाट हेलिकोप्टरमा अन्नपूर्ण बेस क्याम्प भ्रमण गराइनेछ ।

जतिको रिचार्ज, त्यति नै क्यास व्याक भन्ने नारा सहित ई–कमर्श सेवा सञ्चालन गरिरहेको एपले वस्तु तथा सेवाको महसुलमा शून्य प्रतिशत व्याजदरमा किस्ता बन्दीमा तिर्न सकिने व्यवस्था समेत मिलाएको छ ।
रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले नेपालीलाई नेपाल घुमाउने योजना अन्तरगत सस्तो मूल्यमा विभिन्न गन्तव्यको टूर प्याकेजहरु किस्ताबन्दीमा उपलब्ध गराइएको जानकारी दिए ।

इलेक्ट्रोनिक्स, ग्याजेट्स, टूर प्याकेजहरु किस्ता बन्दीमा उपलब्ध गराउने कम्पनीको योजना छ । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै रिचार्जरले नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराइरहेको दाबी गर्दै आएको छ ।

भ्रमण वर्ष सचिवालयको आधिकारिक ई–कमर्श प्लेटफर्म समेत रहेको रिचार्जरमा ६० प्रतिशत सम्मको छूटमा वस्तु तथा सेवाहरु पाइने भन्दै कम्पनीले क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउण्ट पनि रहेको उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१