close

पुल्चोक इन्जिनियरिङको प्रवेश परीक्षा आवेदन अनलाइनबाटै

टेकपाना टेकपाना

माघ १७, २०७६ १०:२८

पुल्चोक इन्जिनियरिङको प्रवेश परीक्षा आवेदन अनलाइनबाटै

काठमाडौं । अब इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत स्नातकोत्तर (एमएससी) को प्रवेश परीक्षा बोर्डको आवेदन अनलाइनबाटै भर्न सकिने भएको छ । संस्थानले कनेक्ट आईपीएससँगको सहकार्यमा यसको सुरुवात गरेको हो ।

यो सँगै इन्जिनियरिङ अध्ययन गर्न चाहाने विद्यार्थिले कनेक्ट आईपीएसमार्फत आफुलाई पायक पर्ने जुन सुकै बैंकबाट पनि आवेदनको दस्तुर बुझाउन सक्ने छन् । यसअघि यस्ता आवेदनको दस्तुर बैंकमा घन्टौं लाइन बसेर बुझाउनुपर्ने बाध्यता रहेको थियो । त्यसैलाई मध्यनजर गर्दै संस्थानले कनेक्ट आईपीएससँग सहकार्य गरी अनलाइन प्रणालीको व्यवस्था गरेको हो ।

संस्थानका अनुसार अनलाइन फारम शुक्रबार (माघ १७) गते बिहान १० बजेबाट भर्न सकिने छ । आवेदन दिने अन्त्तिम समय भने फागुन २ गते दिउँसो ३ बजे सम्म रहेको छ । यो अवधिमा आवेदन दिन चाहाने विद्यार्थिले आवेदनको शूल्क अनलाइनबाट बुझाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०