close

चितवनदेखि कपिलवस्तुसम्मका ५ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट नेटवर्क विच्छ्याइदै

टेकपाना टेकपाना

माघ १८, २०७६ ११:३१

चितवनदेखि कपिलवस्तुसम्मका ५ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट नेटवर्क विच्छ्याइदै

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले चितवन, नवलपुर, नवलपरासी, रुपन्देही र कपिलवस्तु गरी पाँच जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट नेटवर्क तयार पार्न टेण्डर आह्वान गरेको छ । यस अघि आवेदन दिएका कुनै पनि कम्पनी योग्य नरहेको भन्दै बिचैमा रद्द गरिएको परियोजनाको प्रक्रिया पुनः थालिएको हो ।

प्राधिकरणका अनुसार परियोजना अन्तर्गत पाँच ओटै जिल्लाका सबै स्थानीय तहका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी, र सामुदायिक तथा सरकारी विद्यालयहरुमा उच्च गतिको इन्टरनेट पुर्‍याइनेछ । परियोजना अन्तर्गत तयार हुने अप्टिलक फाइबर नेटवर्कबाट ती जिल्लामा सबैतिर ब्रोडब्याण्ड इन्टरनेटको पहुँच विस्तार हुने बताइएको छ ।

प्राधिकरणले दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकको कुल वार्षिक आक्दानीको दुई प्रतिशत रकम संकलन गरि ग्रामीण दूरसञ्चार विकास कोष बनाएको छ । सोही कोषमा जम्मा भएको रकम अनुदानमा उपलब्ध गराएर हाल विभिन्न प्याकेजमा देशभर ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्ने परियोजनाहरु अगाडि बढाइएको छ ।

पछिल्ला तीन वर्षमा औषत १० लाख रुपैयाँ कोषमा योगदान गरेको, न्युनतम एक हजार किलोमिटर अप्टिकल, माइक्रोवेभ, पीएमपी तथा वायरलेस ट्रान्समिसन नेटवर्क सञ्चालनमा रहेको, २५ हजार फिक्स्ड लाइन इन्टरनेट प्रयोगकर्ता भएको लगायतका मापदण्ड पुरा गर्ने सेवाप्रदायकले अनुदान परियोजनाका लागि प्रतिस्प्रर्धा गर्न सक्नेछन् । सम्झौतापत्रमा हस्ताक्षर भएको एक वर्षभित्रमा परियोजना सम्पन्न गरिसक्ने लक्ष प्राधिकरणको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०