close

डिजिटल नेपालकाे कार्यलय स्थापना गर्न विश्व बै‌कसँग सहकार्य

टेकपाना टेकपाना

माघ २१, २०७६ १९:३६

डिजिटल नेपालकाे कार्यलय स्थापना गर्न विश्व बै‌कसँग सहकार्य

काठमाडौं । डिजिल नेपाल कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारले कार्यलय स्थापना गर्ने तयारी गरेको छ । त्यसका लागि सरकारले विश्व बै‌ंकसँग सहकार्य गर्ने तयारीमा सरकार रहेकाे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्व सहसचिव विरेन्द्र कुमार मिश्रले बताएका छन् ।

‘डिजिटल नेपाल फ्रेमवर्कको गति’ विषयमा आयोजित कार्यक्रममा बोल्दै पूर्व सहसचिव मिश्रले त्यस्तो बताएका हुन् । उनले कार्यलय स्थापनाका लागि नेपाल सरकारले विश्व बैंकसँग पहल गरिसकेको बताए । साथै एकस्तरको तयारी सकेर विश्व बैंकसँग यसै फेब्रवरीमा वर्कसप पनि आयोजना गर्न लागेको सहसचिव मिश्रले जानकारी दिएका हुन् ।

सोही कार्यक्रममा उपस्थित पूर्व विज्ञान तथा सूचना प्रविधिमन्त्री गणेश शाहले सूचना प्रविधिलाई उत्पादकत्व र समस्या समाधानको माध्यमका रुपमा प्रयोगमा ल्याउन सकेमात्र डिजिटल नेपाल फ्रेमवर्क सफल हुने बताए ।

पूर्वमन्त्री शाहले उच्च तहमा डिजिटल नेपालको पोलिसीको विषयमा कुनै कमि नरहे पनि यसलाई कार्यान्वयन गर्ने तल्लो निकायको अभाव रहेको बताएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०