close

भ्यालेन्टाइनमा एनसेलको अफरः १४ पैसामै कुरा गर्न सकिने

टेकपाना टेकपाना

फागुन २, २०७६ ११:३३

भ्यालेन्टाइनमा एनसेलको अफरः १४ पैसामै कुरा गर्न सकिने

मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले साप्ताहिक अफर सार्वजनिक गरेको छ । कम्पनीले प्रेम दिवस सप्ताहको सुरुवातसँगै प्रति मिनेट १४ पैसामै कुरा गर्न सकिने गरी भ्वाइस अफर ल्याएको हो ।

अफर अन्तरगत कर बाहेक १०० रुपैयाँमा ७०० मिनेट कुरा गर्न सकिनेछ । तीन महिनासम्म जारी रहने यो अफरको सुविधा भने प्याक खरीद गरेको सात दिनसम्म प्रयोग गरिसक्नुपर्ने हुन्छ ।

कम्पनीका ग्राहकले १७११८*२*३# डायल गरेर वा 100A टाइप गरेर १७११८ मा म्यासेज गरेर अफरमा सहभागी हुन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१