close

मोबाइलको पछाडि डबल ट्याब गर्दा आफूले चाहेको एप खोल्न सकिने

टेकपाना टेकपाना

फागुन १३, २०७६ १७:५८

मोबाइलको पछाडि डबल ट्याब गर्दा आफूले चाहेको एप खोल्न सकिने

एजेन्सी । सामान्यतया मोबाइलको पछाडिको भागमा फिंगर प्रिन्ट स्क्यानर, क्यामरा भन्दा अन्य त्यस्ता महत्वपूर्ण कुरा हुँदैनन् । त्यहाँ उपलब्ध फिंगरप्रिन्ट स्क्यानरको मद्दतले मोबाइल खोल्ने, एप अनलक गर्ने, फोटो खिच्ने लगायतको सुविधा हुन्छ ।

तर, मोबाइलको पछाडि दुई पटक औलाले छुँदैमा कुनै एप खुल्छ भन्ने विषय सबैको लागि अनौठो हुन सक्छ । जुन विषय अब भने सम्भव भएको छ । गूगलले भर्खरैमात्र परीक्षण गरिरहेको ‘एन्ड्रोइड इलाभेन’ मा यस्तै सुविधा उपलब्ध गराएको छ ।

यसअघि गुगलले आफ्नो मोबाइल ‘गूगल पिक्सेल थ्री र फोर’ बाट फिंगर प्रिन्ट सेन्सर हटाएको थियो । उसले फेस अनलकलाई प्रामिकतामा राख्यो । तर, कम्पनीले फिंगर प्रिन्टको ठाउँमा चाँडै प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्ने जनाएको थियो । सोही अनुसार गुगलले एन्ड्रोइडमै मोबाइलको पछाडि डबल ट्याव गर्दा एप खुल्ने नयाँ व्यवस्था गरेको छ ।

योसँगै प्रयोगकर्ताले मोबाइलको पछाडिको भागमा डबल ट्याब गर्दा आफुले चाहेको एप खोल्न सक्ने छन् । यसअघि यस्तो डबल ट्यावको सुविधा फोनको स्क्रिनमा भने थियो । फोनका स्क्रिन बन्द रहेको अवस्थामा त्यसमा डबल ट्याब गर्दा स्क्रिन अन हुने सुविधा धेरै समय देखि रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०