close

इन्टरनेट बिनै युट्युवमा यसरी हेरौं भिडियो

टेकपाना टेकपाना

फागुन १६, २०७६ ११:५

इन्टरनेट बिनै युट्युवमा यसरी हेरौं भिडियो

युट्युव संसारकै ठूलो भिडियो लाइब्रेरी बनेको छ । यसमा मनोरञ्जनदेखि शिक्षामूलक सामग्रीको भिडियो पाइन्छ । तर समस्या के भने जहाँ पनि इन्टरनेट हुँदैन र हेर्नुपर्ने भिडियो मोबाइलमा डाउनलोड गरेर राख्न सधैं अनुकुल नहुन सक्छ । यस्तो समस्याको लागि युट्युवमा अप्सन छ ।

युट्युवले अफलाइन सेभको सुविधा दिएको छ । यो सुविधा प्रयोग गरी आफ्नो डिभाइसको मेमोरी खर्च नगरी भिडियो सेभ गर्न सकिन्छ र इन्टरनेट नभएको बेला हेर्न सकिन्छ । अनि भिडियो सेभ गर्दा डाउनलोड गरेको जति समय पनि लाग्दैन ।

युट्युवमा भएका सबै भिडियो सेभ गर्ने सुविधा भने हुंदैन । यसको लागि भिडियोको दायाँपट्टी डाउनलोड सुविधा दिइएको भिडियो हुनुपर्छ । उक्त भिडियो सेभ गर्न मिल्ने भए डाउनलोड अप्सन राखिएको हुन्छ ।

उक्त भिडियो सेभ गर्न नमिल्ने खालको हो भने डाउनलोड चिन्हमा छड्के धर्को तानिएको हुन्छ । भिडियो सेभ गर्दा आफूलाई चाहिएको क्वालिटीमा सेभ गर्न सकिन्छ । र, यो सुविधा मोबाइल एपमा मात्रै उपलब्ध छ । वेबमा यो सुविधा छैन ।

इन्टरनेट बिना युट्युव एप खोल्दा होममा गो अफलाइन भन्ने अप्सन देख्न सकिन्छ । उक्त अप्सनमा क्लिक गरेर भिडियो सेभ भएको ठाउँमा पुग्न सकिन्छ । वा, सोझै प्रोफाइल पेजमा गएर सेभ भिडियोज सेक्सनमा जान सकिन्छ । अफलाइन सेभ गरिएको भिडियो इन्टरनेट भएको वा नभएको जुनसुकै बेला बजाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०