close

नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी एस ट्वान्टी

टेकपाना टेकपाना

फागुन १९, २०७६ १२:२४

नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी एस ट्वान्टी

सामसङ नेपालले ग्यालेक्सी एस ट्वान्टी सिरिजको स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सामसङ नेपालले ग्यालेक्सी एस ट्वान्टी र ग्यालेक्सी एस ट्वान्टी सार्वजनिक गरेको हो ।

ग्यालेक्सी एस ट्वान्टी र ग्यालेक्सी एस ट्वान्टी प्लसको मूल्य नेपाली बजारमा क्रमशः एक लाख ७ हजार ४९९ रुपैयाँ र एक लाख १९ हजार ४९९ रुपैयाँ राखिएको छ ।

मोबाइलमा ६४ मेगापिक्सेलको क्यामरा र सेन्सर राखिएको छ । दुबै फोनमा ३० एक्ससम्मको जुम रहेको छ । ग्यालेक्सी एस ट्वान्टी एकमात्र यस्तो स्मार्टफोन हो जसबाट एटके भिडियो रेकडिङ गर्न सकिन्छ ।

एस ट्वान्टी कस्मिक ग्रे र क्लाउड ब्लु गरी दुईवटा रङ्गमा तथा एस ट्वान्टी प्लस थप क्लाउड ब्लु सिहत तीन कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०