close

१ अर्ब बढी मोबाइल ह्याकरको निशानामा, तपाईंको त परेन ? बच्न यसो गर्नुहोस्

टेकपाना टेकपाना

फागुन २३, २०७६ १८:३८

१ अर्ब बढी मोबाइल ह्याकरको निशानामा, तपाईंको त परेन ? बच्न यसो गर्नुहोस्

एजेन्सी । अर्बभन्दा धेरै एन्ड्रोइड डिभाइसहरु ह्याक हुने जोखिममा रहेको खुलासा भएको छ । सेक्युरिटी अपडेटले ती डिभाइसहरुलाई सुरक्षा दिन नसकेपछि ती डिभाइसहरु ह्याक हुने जोखिममा परेको हुन् । 

डिभाइसमा देखापर्ने कमजोरीले प्रयोगकर्ताहरुको डेटालाई चोरीको खतरा बढ्ने, फिरौती माग हुने र मालवेयर अट्याकहरु आउनसक्ने बताइएको छ । यस्तो जोखिम विशेषगरी २०१२ र त्यो भन्दा अघि आएका एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि हुनेछ । तर यो कुरालाई पुष्टि गर्न गूगलले कुनै पनि प्रतिक्रिया नदिएको बताइएको छ ।  

साथै एन्ड्रोइडले पनि यसबारे कुनै आधिकारिक जवाफ दिएको छैन । गूगलको तथ्याङ्क अनुसार विश्वभर अझै पनि ४२.१ प्रतिशत एन्ड्रोइड प्रयोगकर्ताहरु एन्ड्रोइड ६.० वा त्यो भन्दा तलको भर्सन प्रयोग गर्दै आईरहेका छन् । 

एन्ड्रोइड सेक्युरिटी बुलेटिनका अनुसार २०१९ मा कम्पनीको ७.० भर्सन वा त्योभन्दा मुनीको भर्सनमा कुनै पनि सेक्युरिटी प्याचेस सम्बन्धि मामिलाहरु बाहिरिएका छैनन् । 

विच?को तथ्याङ्क अनुसार विश्वमा प्रत्येक पाँच मध्ये दुईजना एन्ड्रोइड प्रयोगकर्ताले सेक्युरिटी अपडेट नगरेको पाइएको छ । विच?ले पाँचओटा स्मार्टफोन मोडल परीक्षण गरेकोमा मोटोरोला एक्स, सामसङ ग्यालेक्सी ए फाइभ, सोनी एक्सपेरिया जेड टु, एलजी तथा गूगल नेक्सस फाइभ र ग्यालेक्सी एससिक्स रहेका छन् । 

परिक्षणका क्रममा एन्टिभाइरस ल्याब एभी कम्प्यारेटिभ्ससँग यी पाँचवटै फोनहरुमा मालवेयर घुसाउन आग्रह गरेको थियो । ती सबै फोनमा उ मालवेयर तथा भाइरस घुसाउन सफल भएको थियो । विच?ले आफूले पत्ता लगाएको तथ्य गूगलसँग पनि शेयर गरेको थियो । तर कम्पनीले यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । 

मोबाइल निर्माता कम्पनीहरुले सेक्युरिटी अपडेट दिन बन्द गरेपछि पनि प्रयोगकर्ताहरुको हीतलाई ध्यानमा राख्दै विच?ले अरु विकल्पमा ख्याल राख्नुपर्ने सुझाव दिएको छ । 

विच?का कम्प्युटिङ एडिटर केट बिभान भन्छन्, ‘यो एकदमै चिन्ताजनक विषय हो, यी महंगा एन्ड्रोइड डिभाइसहरुको एकदमै छोटो जीवन हुन्छ । चाँडै सेक्युरिटी सपोर्ट गुम्न पुग्छ । यसले गर्दा लाखौं-करोडौं प्रयोगकर्ताहरु ह्याकरहरुको निशानामा पर्छन् ।’

उनले गूगल तथा फोन निर्माता कम्पनीहरुले त्यस्तो सेक्युरिटी अपडेटहरुले कति लामो समयसम्म काम गर्छ भनेर प्रयोगकर्तालाई पहिले नै स्पष्ट सूचना दिनुपर्ने उल्लेख गरेका छन् ।

फोनमा कमजोरी छ वा छैन कसरी चेक गर्ने ? 

  • तपाईंको एन्ड्रोइड फोन दुई वर्ष वा त्यो भन्दा पुरानो हो भने यो नयाँ भर्सनमा अपडेट भएको छ वा छैन चेक गर्नुहोस् । सेभेनभन्दा अघिको भर्सन प्रयोग गर्दै हुनुहुन्छ भने सेटिङबाट सिस्टम हुँदै एड्भान्स सिस्टम अपडेटमा गएर अपडेट गर्नुहोस् । 
  • अपडेट गर्न सक्नु भएन भने तपाईंको फोन ह्याकरहरुको निशानामा हुनसक्छ । यदि एन्ड्रोइड फोर वा त्यो भन्दा तल्लो भर्सन प्रयोग गर्दै हुनुहुन्छ भने गूगल प्ले स्टोरबाटभन्दा अन्य माध्यमबाट एपहरु डाउनलोड नगर्नुहोस् ।
  • शंकास्पद एसएमएस वा एमएमएससँग सचेत रहनुहोस् ।
  • हार्ड ड्राइभ र क्लाउड सर्भिस दुई ठाउँमा ब्याकअप डेटा राख्नुहोस् ।
  • मोबाइलमा एन्टिभाइरस इन्स्टल गर्नुहोस् । तर यो पुरानो फोनको लागि मात्र हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१