close

आईफोन चलाउन छोडेकी महिलाको ज्यान एन्ड्रोइडको ब्याट्रीले जोगाएपछि….

टेकपाना टेकपाना

फागुन २७, २०७६ १२:५८

आईफोन चलाउन छोडेकी महिलाको ज्यान एन्ड्रोइडको ब्याट्रीले जोगाएपछि….

तस्विर श्रोतः द सन

सुरु गर्नु अघि के कुरा अवगत गराउन चाहन्छौं भने यो समाचार सिर्जना गर्ने ‘द सन’ भ्रामक हेडलाइन तथा अझ पीत पत्रकारिता गरेको आरोपमा बदनामित बनेको छ । आखिर जे सुकै भए पनि एन्ड्रोइड ब्याट्रीले कसरी एउटी महिलाको ज्यान जोगायो भन्ने आधारमा जब यो समाचार बाहिर आयो, त्यो चाहिँ बेवास्ता गर्न नसकिने किसिमको छ ।

द सनका अनुसार माथि तस्विर भएकी बेथ म्याकडर्मोट नाम गरेकी बेलायतको ल्यानक्यास्टरकी एउटी महिला आफ्नै घरमा टाउकोको चोटबाट ग्रस्त भइन् । उनी घरमा एक्लै बस्थिन र तीन दिनसम्म बेहोस हुन पुगिन् । जब उनी ब्युझिन् उनले आफ्नो खुट्टा चलाउनै सकिनन् । जसै रबडमाइलसेस नामक समस्याबाट ग्रस्त भइन्  र त्यसैको परिणाम स्वरुप हड्डीका मांसपेशीहरु गल्दै गइरहेका थिए । 

भाग्यवश म्याकडर्मोट आफ्नो फोन नजिक पुगिन, तीनदिन देखि निष्कृय हुँदा र चार्जमा नराख्दा समेत उनको एन्ड्रोइडको ब्याट्री अझै ५० प्रतिशत बाँकि नै थियो ।  उनले एम्बलेन्ससलाई कल गरिन र स्वास्थ्य सुधारका लागि अस्पतालमा एक हप्ता बिताइन् । 

‘मैले काम गर्ने अवस्थामा छ भन्ने आश समेत गरेकी थिइनँ (फोन) तर त्यतिबेलासम्म ब्याट्रीको लाइफ ५० प्रतिशत बाँकी रहेछ,’ म्याकडर्मोटले द सनसँग भनेकी छिन्, ‘यति धेरै समयसम्म टिक्ला भन्ने कुरा म विश्वासै गर्न सक्दिनँ । म अझै जीवित छु भन्नेमा विश्वास गर्न पनि सकिरहेकी छैन । यदि त्यो फोन हुँदैन थ्यो भने आज म हुने थिइनँ ।’

रोचक त के छ भने म्याकडर्मोट केही दिन अघि मात्र आईफोन सिक्स छोडेर ह्वावे वाई सिक्समा गएकी थिइन् । आईओएस छोडेर एन्ड्रोइडमा हाम फाल्नुको मूख्य कारण चाहिँ उनको आईफोनको ब्याट्री थियो । म्याकडर्मोटका अनुसार उनलाई आफ्नो आईफोन बन्द हुन नदिन हरेक दिन चार पटक चार्ज गर्नुपर्ने हुन्थ्यो । 

भर्खरै मात्र एप्पलले ब्याट्रोको आयू लम्ब्याउने नाममा पुराना आईफोन स्लो बनाएको आरोपको मुद्दा सल्टाएको छ । संभवतः कम्पनीले विश्वभरका आईफोन प्रयोगकर्तालाई ५८ करोड रुपैयाँभन्दा बढी तिर्नुपर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१