close

अब कोरोनाको भिडियो युट्युबमा मोनिटाइज हुने

टेकपाना टेकपाना

फागुन २९, २०७६ १२:५१

अब कोरोनाको भिडियो युट्युबमा मोनिटाइज हुने

काठमाडौं । अहिले युट्युवमा ट्रेन्डिङमा रहेका भिडियोमध्ये कोरोनाको भिडियो सामाग्री पनि एउटा हो । तर तपाईंलाई थाहा नहुनसक्छ, यति धेरै सब्सक्रिप्सन र भ्युअर हुँदा हुँदै पनि कोरोना सम्बन्धि भिडियो सामाग्री मोनिटाइज हुनसकेका छैनन् ।

यसको पछाडिको कारण हो युट्युवको नीति । तर खुशीको खबर युट्युबले कोभिड१९ अर्थात् कोरोना भाइरस सम्बन्धि आफ्नो नीतिमा परिवर्तनको घोषणा गरेको छ ।

यसअघि युट्युवले संवेदनशील घटनामाथि संस्थाको नीतिको रुपमा आफ्नो विज्ञापन निर्देशिका अन्तर्गत रहेर कोरोना भाइरसको भिडियोमा मानिटाइज रोकेको थियो ।

युट्युवले बमबारी, आतंकवादी क्रियाकलाप, सशस्त्र द्वन्द्ध र विश्व स्वास्थ संकटसँग जोडिएका भिडियोहरुको विज्ञापनमा रोक लगाउँदै आएको थियो । तर अब युट्युवले आफ्नो यो नीतिमा परिवर्तन ल्याउँदै कोरोनासँग सम्बन्धित भिडियोलाई मोनिटाइज गर्ने घोषणा गरेको हो ।

उक्त संक्रमणमाथि बनेको सामाग्रीमाथि युट्युवले मोनिटाइजमा प्रतिबन्ध लगाइदिँदा कोरोनालाई प्रमुख विषयवस्तु बनाइरहेका समाचार संस्थाहरु पनि मोनिटाइज हुनसकेका थिएनन् ।

मोनिटाइजमाथिको प्रतिबन्धलाई फुकुवा गर्दै युट्युवकी सीईओ सुजैन वजसिस्कीले उक्त संवेदनशील घटनामाथिको नीति प्राकृतिक प्रकोप जस्ता छोटो समयका लागि उत्पन्न हुने घटनाका लागि बनाइएको बताइन् ।

सुजैन भन्छिन्, ‘यो मुद्दा अहिले भइरहेको चर्चित विषय हो । यसबारे दैनिक कुराकानी पनि भइरहेको हामीलाई जानकारी छ । यसकारण हामी समाचार संस्था तथा भिडियो उत्पादकहरुले निरन्तररुपमा गुणस्तरीय भिडियो उत्पादन गरेर दिगो रहुन् भन्ने चाहान्छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१