close

एनसेलले ल्यायो आकर्षक योजना सहितको ‘सही यो ! पावर सिम’

टेकपाना टेकपाना

चैत ५, २०७६ १९:३२

एनसेलले ल्यायो आकर्षक योजना सहितको ‘सही यो ! पावर सिम’

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले युवा लक्षित ‘सही यो ! पावर सिम’ ल्याएको छ । विभिन्न सेवाहरूको बन्डलिङ सहित कम्पनीले नयाँ स्टार्टर प्याक सहितको ‘सही यो ! पावर सिम’ ल्याएको हो ।

कम्पनीका अनुसार यो सिममार्फत एनसेलका प्रयोगकर्ताले सुलभ दरमा सेवाहरू लिन सक्नेछन् ।पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो निःशुल्क सुचारु गर्न सकिने यो सिममार्फत प्रत्येक १०० रुपैयाँ मेन ब्यालेन्स खर्चमा डेटा बोनस पाउन सकिनेछ ।

यसबाहेक ग्राहकले बोनसका रूपमा आकर्षक डेटा प्याकमार्फत गेमिङ र म्युजिकको मजा समेत लिन पाउनेछन् । बिहीबारदेखि करसहित ९९ रुपैयाँमा यो सिम लिन सकिने एनसेलले जनाएको छ ।

सिम लिनका लागि नागरिकता तथा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्नेछ । यो सिममा ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्स सहित सात दिन समयावधि रहेको ५०० एमबी डेटा (२५० एमबी फोरजी सहित), १० मिनेट अन नेट टक टाइम र १०० वटा अन नेट एसएमएस पाउनेछन् ।

सिमसँगै बण्डलको रुपमा आउने पीआरबीटी (सेवा र स्वतः आउने टोन) स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो सेवाहरू सिम सुचारु भएपछिको ३० दिनका लागि मान्य हुनेछन् ।

यो नयाँ स्टार्टर प्याक योजनामा ग्राहकले सिम सुचारु गरेको दिनको मध्यरातभित्रै १०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्ज गरेको खण्डमा ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा बोनस र माई फाइभ सेवा १२ महिनासम्मका लागि पाउनेछन् ।

प्रत्येक दिन पाइने १५० एमबी डेटाको समयावधि सोही दिनको मध्यरातसम्म हुनेछ । माईफाइभ सेवाअन्तर्गत पहिलो एक महिनाका लागि पाँच माईफाइभ नम्बरहरूमा निःश‍ूल्क कुरा गर्न सकिनेछ भने बाँकी ११ महिना ती नम्बरहरूमा केवल ९९ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको लाभ लिन सकिने कम्पनीले बताएको छ ।

यसका साथै यो योजनाअन्तर्गत एनसेलका ग्राहकले प्रत्येक १०० रुपैयाँको खर्चमा ५०० एमबी (२५० एमबी अलटाइम र २५० एमबी फोरजी) बोनस डेटा १२ महिना सम्म प्राप्त गर्नेछन् ।

सही यो ! पावर सिम’ प्रयोग गर्ने एनसेलका ग्राहकले *17103# डायल गरी गेमिङ प्याक र म्युजिक प्याक खरिद गर्न सक्नेछन् । यसैगरी करबाहेक ११० रुपैयाँमा गेमिङ प्याक सुचारु गर्न सकिनेछ ।

जसअन्तर्गत सात दिन समयावधि रहेको २ जीबी डेटा पाइनेछ । यसका साथै सात दिनसम्म डिजिटल सर्भिस् (प्लेलाइभ, गेम्सपार्क र गेम्स प्लस) निःशुल्क सुचारु गर्न सकिनेछ । त्यस्तै, ग्राहकले कर बाहेकमात्र १०५ रुपैयाँमा म्युजिक प्याक सुचारु गर्न सक्नेछन् ।

म्युजिक प्याकअन्तर्गत ग्राहकले सात दिन समयावधिको २ जीबी डेटा प्राप्त गर्नेछन् । यसका साथै सात दिनसम्म डिजिटल सर्भिस (हङ्गामा म्युजिक प्रो र दामी म्युजिक) निःशुल्क सुचारु गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१