close

अपग्रेडसँगै अपडेट हुँदै टूटल एप

टेकपाना टेकपाना

चैत ६, २०७६ ११:६

अपग्रेडसँगै अपडेट हुँदै टूटल एप

काठमाडौं । राइड सेयरिङ एप टूटलको एप अपग्रेडसँगै अपडेट हुने भएको छ । थप सेवा तथा फिचर सहितको नयाँ एप एक साताभित्रै सार्वजनिक हुने भएको हो ।

हाल परिक्षणको क्रममा रहेको एपको प्लेटफर्म नै परिवर्तन गर्न लागिएको टूटलका सीईओ शिक्षित भट्टले जानकारी दिए । ‘अहिले एपको टिजर रिलिज गरिसकेका छौँ,’ उनले भने, ‘नयाँ एपमा ट्याक्सी सेवा समेत थप गर्न सकिनेछ ।’

कम्पनीका अनुसार नयाँ एपमा कम्पनीका प्रयोगकर्ताले एकदमै फरक अनुभव लिनसक्नेछन् । ३ लाखभन्दा बढी प्रयोगकर्ता रहेको टूटलमा हाल करीब ३० हजार मोटर बाइक राइडर रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१