close

अब युट्युवमा कोरोनाभाइरस सम्बन्धि छुट्टै होमपेज

टेकपाना टेकपाना

चैत ८, २०७६ १४:८

अब युट्युवमा कोरोनाभाइरस सम्बन्धि छुट्टै होमपेज

काठमाडौं । युट्युवले शुक्रबार आफ्नो होम पेजमा कोरोनाभाइरस (कोभिड-१९) सम्बन्धि एउटा डेडिकेटेड हब सुरु गरेको छ । उक्त डेडिकेटेड हबमा उसले कोरोनासँग सम्बन्धित विभिन्न स्टोरीहरु राख्ने छ । 

हाल प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस सम्बन्धि नयाँ अपडेटहरुलई दृष्यमा उतार्न युट्युवले यो कदम चालेको हो । उसले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा उक्त डेडिकेटेड हबमा कोरोना भाइरस सम्बन्धि आधिकारिक सामग्रीहरु प्रयोगकर्ता माझ प्रचार गर्न प्रयोग हुने उल्लेख छ । 

युट्युवका अनुसार तत्कालका लागि यो फिचर १६ वटा मुलुकमा रोलआउट गरिएको यो फिचर अन्य देशहरुमा समेत विस्तार गरिनेछ । फोटो सेयरिङ प्लेटफर्म इन्स्टाग्रामले पनि कोरोना भाइरस सम्बन्धि सचेतना फैलाउन आफ्नो होम पेजलाई परिवर्तन गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६