close

हरपल सूचित रहन अब मोबाइलमै कोरोनाभाइरसको अलर्ट

टेकपाना टेकपाना

चैत ८, २०७६ १५:५५

हरपल सूचित रहन अब मोबाइलमै कोरोनाभाइरसको अलर्ट

एजेन्सी । कोरोना भाइरसको महामारी फैलिएसँगै यसको प्रभाव पनि सबै क्षेत्रमा विस्तारै हुँदैछ । अहिले यो व्यापक जनचासोको विषय पनि बनेको छ ।

मानिसहरु हरपल कोरोनाबारे जानकार रहन चाहिरहेका छन् । तर प्रत्येक समाचार, पत्रपत्रिका र अनलाइन हेरेर बस्ने फुर्सद सबैलाई कहाँ हुन्छ र ! 

तर, अब यो झञ्जट पनि हट्ने भएको छ । तपाईको फोनमै कोरोनाभाइरस सम्बन्धि प्रत्येक पलको न्युज अलर्ट आउने छ । 

यसका लागि तपाईले ट्वीटर, गूगल अलर्ट वा आफूलाई मनपर्ने न्यूज साइटको अपडेट र नोटिफिकेसन पाउन सक्नुहुन्छ । 

यस्तै आफ्नो क्षेत्रमा कतिओटा कोरोनाका मामिलाहरु देखा पर, कति ठाउँहरु प्रभावित भए भन्ने जानकारी पाउन चाहनुहुन्छ भने साइन अप गरी टेक्स्ट अलर्ट पाउन सक्नुहुन्छ । 

ट्वीटर अलर्ट 

ट्वीटरबाट तपाईंले कोरोनाभाइरस सम्बन्धि प्रत्येक क्षणको नोटिफिकेसन अलर्ट पाउन सक्नुहुनेछ । यसका लागि तपाईं आफ्नो नोटिफिकेसन सेटिङमा जानुहोस् ।

त्यहाँ नोटिफिकेसन भित्र एसएमएस नोटिफिकेसन फेला पार्नुहुनेछ । यदी आफूसँग रहेको फोन नम्बर ट्वीटरमा लिङ्क गराउनु भएको छैन भने त्यहाँ एड गर्नुहोस् ।

अब ट्वीटरले तपाईंको फोन भेरिफाइ गर्नेछ । अब एसएमएस नोटिफिकेसनकभीत्रको तल पुछारमा रहेको क्राइसिस एण्ड इमरजेन्सी अलर्टमा टिक लगाउनुहोस् ।

यति गरेपछि तपाईंको अलर्ट सेटिङको रिक्वेस्ट सफल हुन्छ । यस पश्चात तपाईंको ट्वीटर फिडमा हरेक समयको कोरोना भाइरस सम्बन्धि अलर्ट नोटिफिकेसन आउँछ ।

गूगल अलर्ट

गूगल अलर्टले तपाईंलाई कोरोना भाइरसको जानकारी दिएर हर क्षण सचेत बनाउने छ । यसका लागि तपाईं गूगल अलर्टमा जानुहोस् । त्यहाँ रहेको बाट सर्च बक्समा आफूले अपडेट चाहेको विषय इन्टर गर्नुहोस् । 

त्यसपछि माथि रहेको सेटिङ बटनमा गएर तपाईं कतिपटक नोटिफिकेसन चाहनुहुन्छ, त्यो पनि चयन गर्नुहोस र अलर्ट कृयट गर्नुहोस् । यसैगरी तपाईं आफ्नो आवश्यकता अनुसार सेटिङमा गएर परिवर्तन समेत गर्न सक्नुहुन्छ ।

एप्पल अलर्ट 

तपाईंसँग आईफोन वा एप्पल वाच छ भने आफ्नो डिभाइसमै आपतकालिन, सार्वजनिक सुरक्षा र सरकारी सावधानी तथा अलर्ट पाउन सक्नुहुन्छ । 

यसका लागि डिभाइसको सेटिङमा जानुहोस् । त्यहाँबाट नोटिफिकेसनमा स्क्रोल गरेर इमरजेन्सी अलर्टको अप्सनमा टोगल गरी पब्लिक सेफ्टी अलर्ट एक्टिभेट गर्नुहोस् । 

न्युज एप

कुनै कुनै समाचार संस्थाले आफ्नै न्युजलेटर तयार पार्ने गरेका हुन्छन् । त्यहाँबाट तपाईंले समाचारको अपडेट पाउन सक्नुहुन्छ ।

जस्तै सिनेट नाव न्युजलेटरले तपाईंलाई दिनभरको सबैभन्दा महत्वपूर्ण घटनाको समचार इमेलमार्फत पठाउने गर्छ । अहिलेको समयमा महत्वपूर्ण समाचारहरुमा कोरोना भाइरसको समाचार पनि पर्नेगरेको छ । 

यस्तै सिनेटले एप्पल र एन्ड्रोइड दुबै एपमार्फत पनि कोरोना भाइरस लगायतका न्युज अलर्ट तथा समाचार पठाउने काम गर्छ । यस्तै सुविधा अन्य समाचार संस्थाले समेत दिइरहेका हुन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६