close

कोरोना भाइरसबारे म्यासेञ्जरमा गलत हल्ला फैलाउने व्यक्ति पक्राऊ

टेकपाना टेकपाना

चैत ८, २०७६ १६:२१

कोरोना भाइरसबारे म्यासेञ्जरमा गलत हल्ला फैलाउने व्यक्ति पक्राऊ

काठमाडौं: कोरोनाभाइरस (कोभिड-१९) बारे म्यासेञ्जरमा गलत हल्ला फैलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय साइबर ब्युरोको टोलीले रामेछाप घर भएका २० वर्षीय विवेक थापालाई भक्तपुरको सिपाडोलबाट नियन्त्रणमा लिएको हो।

सामाजिक सञ्जाल फेसबुकको मेसेन्जरबाट भाइरल भएको अडियोमा उनले नर्भिक अस्पतालमा ९ जनालाई जाँच गर्दा ६ जनामा कोरोना भाइरस देखिएको बताएका थिए । नेपालमा कोरोना भाइरस फैलिसकेको भन्दै आतंक सिर्जना गर्न खोजेपछि थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भाइरल अडियोबारे साइबर ब्युरोले अनुसन्धान सुरु गरेको थियो। नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीले आफ्नो अस्पतालमा कोरोनाका कुनै विरामी उपचारका लागि नआएको भन्दै ट्वीटमार्फत गलत हल्लाको खण्डन गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६