close

फेस रिकग्निसन प्रविधिबाट पछि हट्यो माइक्रोसफ्ट

टेकपाना टेकपाना

चैत १७, २०७६ १५:४

फेस रिकग्निसन प्रविधिबाट पछि हट्यो माइक्रोसफ्ट

एजेन्सी । विश्वमा सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका कम्पनीहरु फेस रिकग्निसन अर्थात अनुहार पहिचान गर्ने प्रविधिमा ठूलो लगानी गरिरहेका छन् । तर, विश्विख्यात सफ्टवेयर कम्पनी माइक्रोसफ्ट भने यो प्रविधिबाट पछि हटेको छ ।

कम्पनीले फेस रिकग्निसन प्रविधिको निर्माण गर्ने कम्पनी ‘एनिभिजन’ मा गरेको लगानी फिर्ता लिने भएको हो । एनिभिजन इजरायली कम्पनी हो ।

कम्पनीले वेष्ट बैंकलाई डाटा उपलब्ध गराइरहेको आरोप लागेको थियो । तर, आरोप गतल सावित भएतापनि माइक्रोसफ्टले भने आफ्नो लगानी फिर्ता लिने निर्णय गरेको छ ।

सन् २०१८ मा माइक्रोसफ्ले उक्त कम्पनीमा लगानी गरी फेस रिकग्निसन प्रविधिको विकास गर्ने जनाएको थियो । यो विषयमा दुवै कम्पनीबीच सहमती समेत भइसेकको उल्लेख गरिएको छ ।

कम्पनीमा सानो सेयर रहनुलाई माइक्रोसफ्ट पछि हट्नुको कारणको रुपमा लिइएको छ । कम्पनीमा सानो सेयर हुँदा आफूले चाहेको कुरा लागु गर्न नसक्ने अवस्था सिर्जना भएपछि माइक्रोसफ्ट पछि हटेको हुने सक्ने आँकलन छ ।

साथै माइक्रोसफ्टले अबका दिनमा आफ्नो सेयर न्युन हुने गरी फेस रिकग्नीसन प्रविधिको विकास गर्ने साना कम्पनीमा लगानी नगर्ने समेत उल्लेख गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१