close

एक हप्तामै ६ करोड २० लाख डाउनलोड भयो भिडियो कन्फ्रेन्सिङ एप

टेकपाना टेकपाना

चैत १९, २०७६ १०:५२

एक हप्तामै ६ करोड २० लाख डाउनलोड भयो भिडियो कन्फ्रेन्सिङ एप

काठमाडौं । कारोनका कारण वर्क फ्रम होम अर्थात घरबाटै काम गर्ने, सामाजिक दुरी र सरकारले लागु गरेको लकडाउनले गर्दा भिडियो कन्फ्रेन्सिङ एपको डाउनलोड बढेको छ । पछिल्लो एक हप्तामा मात्रै कुल ६ करोड २० लाख भिडियो कन्फ्रेन्सिङ एप डाउनलोड भएको उल्लेख गरिएको छ ।

घरमै बसेर भिडियो मार्फत अफिस सञ्चालन गर्नु पर्ने भएकाले पनि भिडियो कन्फ्रेन्सिङ एप यो रुपमा डाउनलोड भएको उल्लेख गरिएको छ । एप एनीका अनुसार पछिल्लो एक हप्तामामात्रै यस्तो एपको डाउनलोड ९० प्रशितले बढेको छ ।

जुन एप स्टारेमै अहिले सम्म भएको ठुलो वृद्धि हो । डाउनलोड हुने एपमा ह्याङआउट मिट, माइक्रोसफ्टको टीम र जुम रहेको छ । त्यसमध्य फ्रेबुअरी र मार्चमा जुम एपको डाउनलोड सबैभन्दा बढी भएको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१