close

गूगलको प्रतिबन्धसँगै जूमको नयाँ सेक्युरिटी अपडेट

टेकपाना टेकपाना

चैत २८, २०७६ १४:८

गूगलको प्रतिबन्धसँगै जूमको नयाँ सेक्युरिटी अपडेट

काठमाडौं । जूमले आफ्नो साइटमा उत्पन्न सेक्युरिटी समस्यालाई सम्बोधन गर्न फेरी अर्को नयाँ अपडेट जारी गरेको छ । भिडियो कन्फ्रेन्सिङ सफ्टवेयर जूममा ल्याइएको यो अपडेट एकदमै सामान्य छ । 

यो नयाँ अपडेटसँगै अब भिडियो कन्फ्रेन्स मिटिङमा जोडिने सदस्यको आईडी नम्बर टाइटल बारमा हाइड हुनेछ । यसको मतलव कसैले मिटिङको स्क्रिनसट लिएको खण्डमा पनि अब कुनै सदस्यको आइडी सार्वजनिक हुने छैन ।

वेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जूममा आयोजना गरेको संवेदनशिल क्याबिनेट वैठकको भिडियो कन्फ्रेनको स्क्रिनसट ट्वीटरमा शेयर गर्दा वैठकमा उपस्थित सबैको आइडी नम्बर लिक भएको थियो । त्यसपश्चात जूमले यो नयाँ अपडेट ल्याएको हो । 

उक्त घटनापछि जूमको युजर इन्टरफेसलाई लिएर धेरैले प्रश्न उठेका थिए । तर जूमले मेन च्याट विण्डोबाट मिटिङ आईडीलाई लुकाए पनि मिटिङ स्क्रिनको इन्फो आइकनमा क्लिक गरेपछि भने देख्न सकिन्छ ।

साथै जूमले होस्टको मिटिङ कन्ट्रोलमा अर्को नयाँ सुरक्षा आईकल पनि थप गरेको छ । जसले जूमको सबै ईन मिटिङ सेक्युरिटी कन्ट्रोल जस्तै लकिङ मिटिङ, वेटिङ रुम इनेबल गर्ने लगायतका सबै कन्ट्रोलाई एकै ठाउँमा ल्याउँछ ।

यो नयाँ सेक्युरिटी आईकन अब जूमका सबै प्लेटफर्म पीसी, वेब र एप भर्सनमा उपलब्ध छ । तर गूगलले बुधबार आफ्ना कर्मचारीहरुको ल्यापटपमा जूम प्रतिबन्ध गरको छ । जूममा सुरक्षा कमजोरी रहेको भन्दै गूगलले उक्त भिडियो कन्फ्रेन्सिङ सेवामा प्रतिबन्ध लगाएको हो । 

यसैबीच जूमले फेसबुकका पूर्व सुरक्षा प्रमुख एलेक्स स्टामोसलाई आप्नो बाेर्डमा कन्सल्ट्यान्टको रुपमा ल्याएको छ । स्टामोसले जूमले कोर एप्लिकेसन  सेक्युरिटीका लागि महत्वपूर्ण काम गर्नुपर्ने बताएका छन् ।

साथै क्रिप्टोग्राफिक डिजाइन र इन्फ्रास्ट्रक्चर सेक्युरिटीको लागि पनि काम गर्नु पर्ने उनको भनाई छ । सुरक्षा कमजोरीका लागि जूमका सीइओ एरिक युआनले माफी मागेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४