close

कोरोनाभाइरसलाई फाइभजीसँग जोडिएका भिडियो हटाउँदै युट्युब

टेकपाना टेकपाना

बैशाख १, २०७७ ११:४७

कोरोनाभाइरसलाई फाइभजीसँग जोडिएका भिडियो हटाउँदै युट्युब

काठमाडौं । युट्युवले आफ्नो प्लेटफर्मबाट धेरै भिडियोहरु हटाएको छ । फाइभजी प्रविधिलाई बिना आधार कोभिड- १९ अर्थात कोरोना भाइरसको महामारीसँग जोड्ने भिडियोहरुलाई युट्युवले हटाएको हो ।

युट्युवका प्रवक्ताले आफ्नो नीतिलाई उल्लंघन गर्ने सबै भिडियो सक्रियरुपमा हटाउन थालिएको बताएका छन् ।

मोबाइल कनेक्टिभिटीको गतिलाई तीब्र बनाउने फाइभजी प्रविधिलाई अहिले कोरोना भाइरसको महामारीको कारणको रुपमा समेत जोडेर सामाजिक सञ्जालमा व्यापक प्रचारबाजीको काम भइरहेको छ । 

वेलायतका कतिपय स्थानहरुमा मानिसहरुले मोबाइल टावर जलाउनुका साथै सडकमा इन्जिनियरहरुलाई दुर्व्यवहार समेत गरेका छन् ।

फाइभजी नेटवर्कसँग कोरोनाभाइरसलाई जोडेर प्रचार गरिएका आधारहीन षडयन्त्रको शिद्धान्तमा विश्वास गर्दै यस्ता गतिवधिहरु अहिले बेलायतमा बढेका छन् । 

हालसम्म बेलायतमा सातओटा फोन टावरमा हमला भइसकेको छ । वेलायतका सेलिब्रेटीहरु बक्सर अमिर खान, टिभी प्रस्तोता अमाण्डा होल्डन र हलिउडका स्टार हुड्डी हारेलसनले पनि कोरोना भाइरससँग फाइभजी नेटवर्कलाई जोडिएका सामाग्रीहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् । 

सेलिब्रिटीहरुले समेत त्यस्ता सामाग्रीहरु प्रचार गरे लगत्तै वेलायतका क्याबिनेट मन्त्री मिकेल गोभले उक्त शिद्धान्त झूटो रहेको भन्दै आलोचना गरेका छन् ।

युट्युवले कोरोना भाइरसलाई रोकथाम गर्ने कथित अप्रमाणित चिकित्सा विधिहरु प्रचार गर्ने भिडियोहरु पनि आफ्नो नीति बाहिर रहेको र त्यसलाई पनि आफूहरुले हटाउने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४