close

सेल पे बाटै अब मनी ट्रान्फर, सिटी एक्सप्रेससँग भयो सहकार्य

टेकपाना टेकपाना

बैशाख २, २०७७ १४:२४

सेल पे बाटै अब मनी ट्रान्फर, सिटी एक्सप्रेससँग भयो सहकार्य

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र सेल पेबीच रेमिटान्स कारोबार सुरु भएको छ । सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र सेल पेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सेल पे प्रयोगकर्ताले वेब र मोबाइल एप प्रयोग गरी सिटी एक्सप्रेसको नेपालभर रहेका ७ हजार पाँच सयभन्दा बढि एजेन्टमार्फत आन्तरिक विप्रेषण पठाउन सक्नेछन् ।

यसका लागी मोबाइल वालेटको आवश्यक नपर्ने र विप्रेषण बापतको रकम सेल पेमा आबद्व भएको बैंक खाताबाट स्वतः डेबिट हुने उल्लेख गरिएको छ । सेल पेबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी लगायतका सेवा प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४