close

टेलिकमका एक दर्जन काउन्टर खुल्ला हुने, २ बजेभित्र पुग्नुपर्ने

टेकपाना टेकपाना

बैशाख ८, २०७७ ८:३१

टेलिकमका एक दर्जन काउन्टर खुल्ला हुने, २ बजेभित्र पुग्नुपर्ने

काठमाडाैं । नेपाल टेलिकमले लकडाउनको समयमा पनि आफ्ना एकदर्जन बढी कार्यालयका काउन्टर खुल्ला गर्ने भएको छ ।

कम्पनीका अनुसार काठमाडौ क्षेत्रीय निर्देशनालय अन्तर्गतका सुन्धारा, बबरमहल, नक्साल, चाबहिल, छाउनी, गोङ्गबु, गठ्ठाघर, बनेपा, मन्थली, चरिकोट, चौतारा, बार्हबिसे कार्यालयका काउन्टर खुल्ला हुनेछन ।

टेलिकमले बिहान ११ बजेदेखी २ बजेसम्म काउन्टर खुल्ला गर्ने भएको हो । ग्राहकले सिमकार्ड खरिददेखी टेलिकमलाई भुक्तानी गर्नुपर्ने लगायतका काम काउन्टरबाट गर्न सक्छन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४