close

डिशहोममा चलचित्र छिरिङ प्रदर्शन हुँदै, दैनिक ८ शो

टेकपाना टेकपाना

बैशाख ९, २०७७ ९:२९

डिशहोममा चलचित्र छिरिङ प्रदर्शन हुँदै, दैनिक ८ शो

काठमाडौं । कोरोनकाभाइरसका कारण लकडाउनको समयमा घरमा बसिरहँदा समय बिताउन सहज हुने गरी डिसहोमले आफ्नो सिनेमाघर च्यानलमार्फत विभिन्न चलचित्र प्रशारण गरिरहेको छ । यसैक्रममा कम्पनीले नयाँ नेपाली चलचित्र छिरिङको प्रर्दशन सुरु गरेको छ ।

उक्त चलचित्र डिस मिडिया नेटवर्कद्वारा सञ्चालित डिसहोम सिनेमा घर च्यानल ८८८ मा वैशाख ५ गतेबाट प्रदर्शन भइरहेको छ । चलचित्र छिरिङ दैनिक ८ शो प्रदर्शन भइरहेको छ ।

चलचित्रमा निमा रुम्बा, एस कुमार, कामना भुजेल आदि चर्चित कलाकारहरुको मूख्य भूमिका रहेको छ ।

डिसहोमका ग्राहकले प्रति शो २२५ रुपैयाँ तिरेर परिवारसँगै चलचित्रको मज्जा लिन सक्नेछन् । डिशहोम सिनेमाघर फिल्म सञ्चालन गर्न आईभीआर नम्बर ९८०११९०९९० मा फोन गरेर अथवा मोबाइलबाट ३२५०० वा ३२५८० मा साधारण एसएमएस पठाएर पनि चलचित्र खुलाउन सकिन्छ ।

डिशहोमको ग्राहक सेवा केन्द्र १६६० ०१ २२०००, ०१ ४२१७६६६ र ९८०११५५००० मा फोन गरेर अथवा नजिकको डिशहोम बिक्रेतासँग सोझै सम्पर्क गरेर पनि डिशहोम सिनेमाघर खुलाउन सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४