close

दर्ता विनानै २९५ आईटी कम्पनी सञ्चालनमा, बार्षिक एक अर्बभन्दा बढीको कारोबार

टेकपाना टेकपाना

बैशाख २५, २०७७ १७:२२

दर्ता विनानै २९५ आईटी कम्पनी सञ्चालनमा, बार्षिक एक अर्बभन्दा बढीको कारोबार

काठमाडौं । नेपालमा २ सय ९५ वटा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बन्धित कम्पनी तथा संस्था दर्ता बिनै सञ्चालनमा रहेको पाइएको छ । सरकारले २०७४ मा गरेको आर्थिक गणना अनुसार देशभर उल्लेखित संख्यामा दर्ता बिनै संस्था सञ्चालनमा रहेको पाइएको हो ।

यस्ता संस्थाले बार्षिक एक अर्ब १६ करोड रुपैयाँ आम्दानी गर्ने गरेको पाइएको छ । यी संस्थाको बार्षिक नाफा भने १८ करोड ४० लाख रुपैयाँ रहेको छ ।

यस हिसाबले प्रति संस्थाको नाफा बार्षिक ६ लाख २५ हजार रुपैयाँ देखिन्छ । यी संस्थामा ६ सय ६६ जना संलग्न रहेको पनि आर्थिक गणनाले देखाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१