close

सुबिसुको अवरुद्ध सेवा सञ्चालनमा, समस्या परेका ग्राहकलाई सम्पर्क गर्न आग्रह

टेकपाना टेकपाना

जेठ १, २०७७ १२:४६

सुबिसुको अवरुद्ध सेवा सञ्चालनमा, समस्या परेका ग्राहकलाई सम्पर्क गर्न आग्रह

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले केही स्थानहरुमा अवरुद्ध हुन पुगेको सेवा पुनः सञ्चालनमा आएको जनाएको छ । कम्पनीले प्राविधिक समस्याले आफ्ना प्रयोगकर्तालाई पर्न गएको असुविधा प्रति माफी समेत मागेको छ ।

यद्यपी त्यस्ता स्थानहरुमा सेवा पुनः सुचारु भइसकेको कम्पनीले जनाएको छ । ‘यदि यहाँहरुको सेवामा समस्या यथावत रहेको भएमा कम्पनीमा सम्पर्क गर्न हार्दिक अनुरोध गर्द छौं,’ कम्पनीले आग्रह गर्दै भनेको छ ।

समस्या कायम रहेका सुबिसुका ग्राहकले फेसबुक म्यासेञ्जर, एसएमएस, भाइबर, कल सपोर्ट, वेब च्याट र ईमेल मार्फत कम्पनीको ग्राहक सेवाकेद्रमा सम्पर्क राख्न सक्ने छन् । जसमा उपत्यकाभित्रका प्रयोगकर्ताले ९८०११५८९९९ र उपत्यका बाहिरका प्रयोगकर्ताले ९८०११५८६६५ मा एसएमएसमार्फत सम्पर्क गर्न सक्नेछन् । यसैगरी भाइबर मार्फत सम्पर्क गर्न उपत्यका भित्रका लागि ९८०११५८९९९ र उपत्यका बाहिरका लागि ९८०११५८६६५ नम्बर छुट्याइएको छ ।

त्यस्तै सुबिसुका ग्राहकले कल सपोर्टको रुपमा उपत्यका भित्र ०१४२३५८८८ र ९८०१२३५८८८ र उपत्यका बाहिरका लागि ०१४२१७४४४ नम्बर प्रयोग गर्न सक्नेछन् । यसैगरी कम्पनीको वेबसाइटमा गएर तल दायाँ कुनामा रहेको सुबिसु च्याट सपोर्टमार्फत समेत आफ्नो समस्या राख्न सकिनेछ ।

ईमेल मार्फत समस्या तथा गुनासो सुन्नका लागि समेत कम्पनीले उपत्यका भित्रबाहिरका लागि छुट्टाछुट्टै व्यवस्था गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१