close

नयाँ नक्सा सार्वजनिक भएपछि जुहारी खेल्दै दुई देशका ह्याकर

टेकपाना टेकपाना

जेठ ९, २०७७ ९:३६

नयाँ नक्सा सार्वजनिक भएपछि जुहारी खेल्दै दुई देशका ह्याकर

काठमाडौं । बुधबार नेपालले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि दुई देशका जनताबीच आरोप प्रत्यारोप सुरु भएको छ । नक्सा सार्वजनिक भएसँगै भारतले त्यसलाई अस्वीकार गर्ने बताएको छ भने भारतीय मिडियामा नेपाली कदमको चर्को आलोचना भइरहेको छ ।

ऐतिहासिक रुपमै नेपालको भूभागमा पर्ने लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक भएसँगै त्यसको विरुद्धमा ह्याकर पनि सक्रिय भएका छन् । यसको सुरुवात बाँकेको बोटानिकल अनुसन्धान केन्द्रको वेबसाइटबाट भएको थियो ।

बुधबार बेलुका भारतीय ह्याकर इण्डियन साइबर ट्रूपले सो वेबसाइट ह्याक गरी स्क्रिनमा धम्की पूर्ण म्यासेज प्रवाह गरेका थिए । उनीहरुले भारतसँग जोरी नखोज गुमाउने पर्नेछ भन्ने सन्देश छाडेका थिए ।

https://twitter.com/ALIVELordBrahma/status/1263536380065361921?s=20

त्यस्तै घटाना नेपाल पुस्तकालयको वेबसाइटमा पनि भयो । सामहारुस नामक ह्याकरले पुस्तकालयको साइट ह्याक गरी, जहाँ खेल शुरु भएको र आगामी दिनहरुमा थप ह्याक गरिने उल्लेख गरेको छ ।

हाल ह्याक गरिएका दुवै वेबसाइटहरु सस्पेण्ड गरिएकाे छ। यसरी एकपछि अर्को गर्दै धम्कीपूर्ण म्यासेजसहित भारतीय ह्याकरले नेपाली साइट ह्याक गर्न थालेपछि नेपाली ह्याकर समूह पनि सक्रिय भएका छन् ।

बिहिबारै ट्वीटरमा ‘ब्रंहा’ र ‘सतान’ नामक नेपाली ह्याकर सक्रिय देखिए । उनीहरुले एबीपी न्युज, एबीपी न्युज भारत गर्दै एक पछि अर्को भारतीय मिडियाका विभिन्न जानकारी सार्वजनिक गरिरहेका छन् ।

विषेशगरी भारतीय मिडियाले नेपाल प्रति गरेको व्यवहार र बोलेका शब्दका कारण उनीहरुले मिडियालाई टार्गेट गरिरहेको अनुमान गर्न सकिन्छ । ब्रंहा नामक ट्वीटर ह्याडलले ‘नपुंसक मत बनो भारत’ ह्याकिङ सिरिज नै चलाएका छन् ।

सुरुवातमा भारतीय मिडियामा हमला गरिरहेका नेपाली ह्याकरले शुक्रबार बिहान भने भारतका विभिन्न साइटका जानकारी सार्वजनिक गरिरहेका छन् । जसमा फिजोयो सेन्टर इन्डिया, फ्रेस भेजिटेबल एण्ड फ्रुट इन्डिया, स्वस्तिक इभेन्ट लगायत साइट ह्याक गरी ब्रंहाको फोटोमा नपुंसक मत बनो भारत राखेर ब्याकग्राउण्डमा नेपाली राष्ट्रिय गान बज्ने बनाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३