close

व्यवसायका लागि के अझै पनि ल्याण्डलाइन फोन आवश्यक छ ?

टेकपाना टेकपाना

जेठ ११, २०७७ १४:३५

व्यवसायका लागि के अझै पनि ल्याण्डलाइन फोन आवश्यक छ ?

काठमाडौं ।  व्यवसायीहरुले सञ्चार गर्दा टेक्स्ट म्यासेजमार्फत चाँडोसँगै सस्तो मूल्यमा सूचना धेरै ग्राहकहरुमाझ पुर्‍याउन सक्छन् । यसकारण धेरै व्यवसायीहरुले अहिले आफ्नो ल्याण्डलाइनलाई विस्थापन गर्न थालेका छन् । त्यसो भए के ल्याण्डलाइन फोनको युग अब सकिएकै हो त ?

यस विषयमा इंक म्यागिजिनले दुईजना व्यवसायीसँग कुरा गरेको थियो । जेनिफर म्याथ्यू, टेमपेपरकी सहसंस्थापक तथा क्रिएटिभ डाइरेक्टर हुन् ।

टेमपेपर न्यू जर्सीमा आधारित टेम्पोररी वालपेपर निर्माणकर्ता कम्पनी हो । यस्तै माइलक लास्टोरिया वासिङटन डीसीमा आधारित एण्ड पिज्जाका सहसंस्थापक तथा सीईओ हुन् । 

आफ्ना ग्राहकहरुसँग सम्पर्क गर्न फोनको आवश्यकता अझै पनि सान्दर्भिक रहेको औल्याउँदै जेनिफर भन्छिन्, ‘ईमेल वा टेक्स्ट म्यासेजमा तपाईको सन्देशको भावलाई बोलीमा जसरी उतार्न सकिँदैन । तपाई सेवाग्राही वा कर्मचारीसँग सम्पर्क गर्दा त्यस्ता सन्देशलाई गलत तरिकाले उनीहरुले पढुन् भन्ने तपाईं पक्कै पनि चाहनुहुन्न ।’

तर माइकल लास्टोरिया टेक्स्ट म्यासेज आफ्नो ब्राण्डको लागि सम्पर्कको आधिकारिक माध्यम भएको बताउँछन् ।

उनी भन्छन्, ‘सेवाग्राहीहरुसँग प्रत्यक्ष कुराकानी गर्न एकदमै महत्वपूर्ण हुन्छ । तर अब फोनले यो काम गर्न सक्छ भन्ने हामीलाई विश्वास लाग्दैन । हामी पिज्जा बिक्री गर्छाैं, जुन छिटो र सजिलो हुनुपर्छ । हामी टेक्स्टमा आधारित सञ्चारद्वारा हाम्रो उत्पादन बेच्छाैं । यसैबाट सुझाव दिने र कुराकानी गर्ने गर्छाैं । यो हाम्रो ब्राण्डका लागि आधिकारिक छ ।’

टेलिफोन लाइनले तपाईंको सेवा ग्राहकमाझ पुर्‍याउन कत्तिको सजिलो बनाएको छ भन्ने प्रश्नमा जेनिफर भन्छिन्, ‘ग्राहकहरुले फोन कल उठाउँदा आफू टेमपेपरको कसैसँग कुराकानी गर्दैछु भनेर निर्धक्कसाथ सोच्न सकुन् । यदि तपाईंसँग डिजाइनर वा ग्राहक छन् र तपाईसँग केही प्रश्नहरु छन् भने तपाईंले त्यो सबै कुरा किन म्यासेजमा लेखिरहने ?’

लास्टोरिया भन्छन्, ‘हाम्रो औषत प्रतिक्रिया दिने समय भनेको दुई मिनेट वा त्यो भन्दा कम हुन्छ । तर टेक्स्टमा हाम्रा लाइभ, रियल टाइम रेस्पोण्डरहरु हुन्छन् ।’

कर्मचारीहरुसँग कसरी सम्पर्क गर्नुहुन्छ ?

जेनिफर भन्छिन्, ‘हाम्रा प्रत्येक कर्मचारीसँग ल्याण्डलाइन फोन छन् । हामी एक्स्टेन्सन बटन क्लिक गर्छाैं र तत्काल कुरा गर्न सक्छाैं ।  धेरै जसो विषयहरु सुरु गर्दा ईमेलबाट पठाउने गर्छाैं र फोनमा सम्पर्क गरी तपाईं यो विषयमा के सोच्नुहुन्छ, आउनुहोस् छलफल गराैं भनेर कुरा गर्छाैं ।’

लास्टोरिया भन्छन्, ‘सेवाग्राहीसँग र कर्मचारी दुवैसँग एउटै तरिकाले सम्पर्क गर्छाैं । यसअलावा २० देखि ३८ वर्ष उमेर समूहका कर्मचारीहरु सबैभन्दा राम्रो सञ्चार माध्यम टेक्स्ट म्यासेजालाई नै मान्ने गर्छन् ।’

कुन सञ्चार माध्यमले तपाईको व्यवसायलाई छिटो र सजिलो बनाएको छ ?

जेनिफर भन्छिन्, ‘बिक्रेता प्रतिनिधिसँग हाम्रो हप्तामा दुई पटक फोन कलमा कुराकानी हुन्छ । एजेण्डाहरु एकदमै लामा हुन्छन् । यस्ता किसिमका जानकारीहरु कुराकानीबाट आदान प्रदान गर्नुपर्छ । कन्फ्रेन्स कल गर्दा सीमित समयभित्र धेरै विषयमा हामी विस्तृतरुपमा कुराकानी गर्न सक्छाैं र सञ्चार नटुटाइ तत्काल नै प्रश्नोत्तर गर्न सक्छाैं ।’

लास्टोरिया भन्छन्, ‘हामी आफ्ना सबै कुराकानीहरु टेक्स्टबाट नै गर्ने गर्छाैं र यसरी नै हामी हाम्रा सबै कुराकानी र सञ्चार गर्ने गर्छाैं । हामीले फोन लाइनमा बसेका हााम्रा कलरहरुलाई टेक्स्ट रेस्पोण्ड गर्न खटाएका छाैं । यो हाम्रो दैनिक प्रयोग हुने माध्यम हो । टेक्स्ट म्यासेजिङ प्रयोग गर्न सजिलो हुन्छ । यो इङ्गेजिङ र सहानुभूतिपूर्ण हुन्छ । यसले हामीले फोन कलबाट संकलन गर्ने जानकारी र डेटा भन्दा म्यासेजबाट संकलन गर्ने जानकारीमूलक डेटाहरु उपयोगी, बलियो र प्रमाणिक हुन्छ ।’

फाइदा: जेनिफर म्याथ्यू सेवाग्राहीहरु अझै पनि कुराकानी गर्न मन पराउने बताउछिन् । हाभर्ड विजनेस रिभ्यू २०१७ को एउटा रिसर्च स्टडीको रिपोर्ट अनुसार २०२० मा विजनेसमा प्रयोग हुने कलले प्रतिवर्ष १ खर्ब ६९अर्ब नाघ्दैछ । यस्तै टेक्स्टमा आधारित सञ्चारको तुलनामा फोन कलबाट हुने सञ्चारले बिक्री र फलोअप गतिविधिलाई १० देखि १५ प्रतिशतसम्म बढाएको छ ।

यसको अर्थ टेक्स्टमा आधारित म्यासेज उपयोगी हुन्न भन्ने होइन । टेक्स्टबाट सेन्देश चाँडो पुर्‍याउन सकिन्छ । साथै डेटाहरु पनि सजिलै संकलन गर्न सकिन्छ । यो युवा माझ लोकप्रिय छ । तर संख्याको आधारमा हेर्ने हो भने फोनलाई विस्थापन गर्ने समय अझै आएको छैन ।

एजेन्सीको सहयोगमा ।

http://45.32.118.189/2019/8405/

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३