close

पाँच हजार इञ्जिनियर भर्ती गर्दै अलिबाबा क्लाउड

टेकपाना टेकपाना

असार २, २०७७ १०:४०

पाँच हजार इञ्जिनियर भर्ती गर्दै अलिबाबा क्लाउड

एजेन्सी । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले आफ्नो क्लाउड पूर्वाधारका लागि पाँच हजार इञ्जिनियर भर्ना गर्ने भएको छ । अलिबाबा क्लाउडका अध्यक्ष झाङ जियानफेङले एक मिडिया अन्तरवार्तामा यसै वर्षदेखि कम्पनीले पाँच हजारभन्दा धेरै इञ्जिनियरको भर्ती सुरु गर्ने बताएका हुन् । 

गत अप्रिलमा अध्यक्ष जियानफेङले आगामी तीन वर्षमा कम्पनीमा दुई सय अर्ब युआन अर्थात ३४ खर्ब ३६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरेका थिए । साथै जियानफेङले आगामी तीन वर्षमा कम्पनीले ३० लाख सर्भरमा लगानी गर्ने समेत बताएका छन् । 

हाल समग्र अलिबाबा क्लाउड व्यवस्थापनका लागि अलिबाबा कम्पनसँग १० लाख सर्भर रहेका छन् । जियानफेङले कम्पनीले नयाँ नेटवर्क निर्माण, ठूला आईडीसी अर्थात् आइडेन्टिटी क्लाउड सर्भिस तथा नयाँ प्रडक्टको रिसर्च तथा डेभलपमेन्टमा लगानी गर्ने समेत बताएका छन् ।

कम्पनीको साझेदारीमा दक्षिण एसियाली बजारमा क्लाउड सेवा विस्तार गर्ने गरी तिब्बतमा स्थापना हुँदै गरेको विश्वकै ठूलो डेटा सेन्टर परीक्षण सञ्चालनमा आइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१