close

नेपालमा फाइभजी भित्र्याउने तयारी, सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन

टेकपाना टेकपाना

असार ३, २०७७ १५:९

नेपालमा फाइभजी भित्र्याउने तयारी, सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजी सेवा भित्र्याउने तयारी स्वरुप संभाव्यता अध्ययन गर्ने भएको छ । प्राधिकरणले भर्खरै पारित गरेको आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रममार्फत नेपालमा नवीन प्रविधि भित्र्याउने विषयमा अध्ययन गर्ने योजना अगाडि सारेको हो ।

कार्यक्रममा फाइभजी, एसआरडी (सर्ट रेञ्ज डिभाइस) जस्ता नवीनतम् प्रविधिहरु भित्र्याउने तथा त्यसका लागि नयाँ फ्रिक्वेन्सी तय गर्दा हुनसक्ने इन्टरफ्रेन्स लगायतका विषयमा आवश्यक अध्ययन अनुसन्धान गरिने बताइएको छ ।

यस कार्यक्रमका लागि ३० लाख रुपैयाँ छुट्याएको प्राधिकरणले फाइभजी प्रविधि भित्र्याउने सन्दर्भमा भने कुनै स्पष्ट लक्ष किटान गरेको छैन ।

यद्यपी नयाँ कार्यक्रमको रुपमा अगाडि सारिएको अध्ययनबाट आगामी आर्थिक वर्षको अन्त्यसम्ममा विश्वभर प्रचलनमा आउँदै गरेका नयाँ प्रविधि नेपाल भित्र्याउने सहज हुने अपेक्षा गरिएको छ ।

प्राधिकरण सञ्चालक समिति बोर्डबाट पारित कार्यक्रम सञ्चार तथा सूचना प्रविधिको स्वीकृति पश्चात मात्र कार्यान्वयमा आउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१