close

अविश्वासको आरोप सामना गर्दै फेसबुक, गूगल लगायतका कम्पनी

टेकपाना टेकपाना

असार ४, २०७७ १८:२९

अविश्वासको आरोप सामना गर्दै फेसबुक, गूगल लगायतका कम्पनी

एजेन्सी । गूगलका सीईओ सुन्दर पिचाई र फेसबुकका संस्थापक मार्क जुकरबर्ग दुवै अमेरिकी कंग्रेसमा उपस्थित हुने अपेक्षा गरिएको छ । कम्पनीहरु विरुद्ध उठेको अविश्वासको प्रश्नलाई सम्बोधन गर्न यी दुबै कंग्रेसमा सहभागी हुनसक्ने वासिङटन पोस्ट र ब्लुमवर्गले लेखेको छन् ।

दुवै कम्पनीले सदनको न्याय समितिलाई पत्रमार्फत त्यस्तो जानकारी गराइसकेको छन् । दुवै कम्पनीका कार्यकारीले अन्य ठूला प्रविधि कम्पनीका नेतृत्वहरुलाई पनि स्पष्टीकरणका लागि उपस्थित गराउने शर्तमा आफूहरु उपस्थित हुने बताएका छन् । 

यस्तै अमेजनले यसअघि नै आफ्ना सीईओ जेफ बेजोस अन्य सीईओहरुसँग यसै गर्मी सिजनमा कंग्रेसमा उपस्थित हुने जानकारी गराएको थियो ।

तर एप्पलले सीईओ टिम कुक उपस्थित हुने वा नहुने बारेमा स्पष्ट पारेको छैन । जेफ बेजोस पहिलोपटक कंग्रेसमा उपस्थित हुनेछन् । तर जुकरबर्ग, पिचाई र कूक भने यसअघि नै फरक विषयमा स्पष्टीकरण दिन कंग्रेसमा सहभागी भइसकेका छन् ।

सदनको न्याय समितिले विगत धेरै महिनादेखि यी कम्पनीहरुमाथि निगरानी राख्दै आइरहेको छ । कम्पनीहरुले गैर प्रतिस्पर्धात्मक शैलीमा काम गरिरहेका छन् वा छैनन् भनेर सदनले कम्पनीहरुमाथि निगरानी राख्न थालेको हो ।

सदनको एन्टीट्रस्ट प्यानलका अध्यक्ष डेभिड सिसिलिनले आफ्नो खोजमा आधारित एउटा प्रतिवेदन सार्वजनिक गर्ने योजना बनाएका छन् । उक्त रिपोर्टमा चार कम्पनीलाई प्रत्यक्षरुपमा असर पुर्‍याउने गरी नियम परिवर्तन गर्न सुझाव समेटिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१