close

कोरोनाका कारण १२ सय कर्मचारी निकाल्दै नोकिया

टेकपाना टेकपाना

असार ९, २०७७ १८:५१

कोरोनाका कारण १२ सय कर्मचारी निकाल्दै नोकिया

एजेन्सी । कोरोना महामारीका कारण नोकियाले फ्रान्समा रहेका आफ्ना ३० प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । फ्रान्सको व्यापार संगठनले अहिलेको विषम परिस्थितिमा कर्मचारी कटौती गर्न दिएको निर्देशन समेत अवज्ञा गर्दै नोकियाले एकैपटक १२ सय ३३ कर्मचारीलाई कामबाट निकाल्ने तयारी गरेको हो ।

यसरी बर्खास्त हुनेमा ल्यानियन साइटबाट ४०२ जना र नोइज साइटबाट ८३१ जना रहेको बताइएको छ । यससँगै फ्रान्समा नोकियाले कर्मचारी कटौती गर्न लागेको यो चौथो पटक हो ।

सन् २०१६ मा अल्काटेल कम्पनीलाई खरिद गरी फ्रान्स छिरेको नोकियाले यसअघि नै तीन पटक कर्मचारी कटौती गरिसकेको छ । यसरी कटौती हुने कर्मचारीमा धेरैजसो रिसर्च एण्ड डेभलपमेन्ट विभागका रहेका छन्।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१