close

सस्तो स्मार्टफोन निर्माण गर्दै वानप्लस

टेकपाना टेकपाना

असार १०, २०७७ १६:१७

सस्तो स्मार्टफोन निर्माण गर्दै वानप्लस

एजेन्सी । वानप्लसको नयाँ स्मार्टफोन वानप्लस जेड अर्थात् वान प्लस नोर्डको बारेमा  हामीले सुन्दै आएका छौं । कम्पनीले यो फोन निर्माणमा काम गरिरहेको खबरहरु सञ्चार माध्यममा आएका थिए । 

यो फोन २०१५ मा आएको वान प्लस एक्स जस्तै मिड रेञ्ज स्मार्टफोन हुने अपेक्षा गरिएको छ । वानप्लसले नयाँ सूलभ मूल्यको स्मार्टफोन लाइनअपमा निर्माणको काम गरिरहेको घोषणा गरेको छ ।

सस्तो मूल्यमा वानप्लसको फोन प्रयोग गर्न चाहनेहरुलाई लक्षित गरी नयाँ लाइनअपमा काम गरिरहेको वान प्लसले बताएको छ । 

कम्पनीले सो फोन पहिले युरोप  र भारतीय बजारमा सार्वजनिक गर्ने बताएको छ । कम्पनीले सो नयाँ फोन कुन हो र कहिलेसम्म सार्वजनिक गर्ने भन्ने विषयमा थप खुलासा गरेको छैन । 

तर कम्पनीले नयाँ प्रडक्ट लाइनअप भनेर सार्वजनिक गरेपछि यो फोन वानप्लस नोर्ड जस्तो वानप्लस एक्सको कपी नहुने अपेक्षा गर्न सकिन्छ । 

वानप्लसले आफ्नो सस्तो फोनमा पनि स्नापड्रागन ७६५ चिपसेट, क्वाड रियर क्यामेरा, ९० हर्जको स्क्रीन रिफ्रेश रेट र ३० वाटको फास्ट चार्जिङ रहने उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१