close

फेसबुकसँग मिलेर स्कूलका विद्यार्थीलाई ‘डिजिटल सुरक्षा’ पढाउँदै भारत

टेकपाना टेकपाना

असार २२, २०७७ १०:४

फेसबुकसँग मिलेर स्कूलका विद्यार्थीलाई ‘डिजिटल सुरक्षा’ पढाउँदै भारत

एजेन्सी । फेसबुक भारतमा सबैभन्दा बढी प्रयोग हुने एप हाे । विश्वकाे दाेस्राे ठूलाे इन्टरनेट बजारको रुपमा रहेको भारतका आ-आफ्नै योजना छन् ।

यसैबीच फेसबुकले भारत सरकारसँगकाे सहकार्यमा डिजिटल सेफ्टी (सुरक्षा) सँग सम्बन्धित अध्ययन काेर्ष नै सुरु गर्ने भएकाे छ । इन्टरनेटकाे बढ्दाे प्रयोग र त्यसबाट उत्पन्न हुनसक्ने विभिन्न सुरक्षा चुनाैतीबाट जोगिनका लागि आवश्यक जानकारी सहितकाे काेर्ष विद्यालय स्तरबाटै उपलब्ध गराउने उद्देश्यका साथ यसकाे सुरुवात गर्न लागिएको हाे ।

यसका लागि आइतबारमात्रै भारतकाे सरकारी निकाय माध्यामिक विद्यालयको केन्द्रीय विभाग र फेसबुकबीच सम्झाैता भएकाे छ । सम्झाैता अनुसार फेसबुकले भारतका सरकारी तथा निजी माध्यामिक विद्यालयमा डिजिटल सेफ्टी र वेल विङ विषयकाे काेर्ष तयार पारी अध्ययनमा समेत सघाउने छ ।

यसबाट माध्यामिक विद्यालयबाट निस्कएका विद्यार्थीले हालकाे समयमा अवसरकाे रुपमा रहेकाे सुचना प्रविधाि क्षेत्रमा राेजगारी प्राप्त गर्न, आफ्नो क्षमता वृद्धी गरी आफूलाई समयअनुसार तयार पार्न मद्दत पुग्ने अपेक्षा गरिएकाे छ ।

यसका लागि फेसबुकले तीन चरणमा तालिम प्रदान गर्ने जनाइएकाे छ । पहिलाे चरणमा १० हजार शिक्षकलाई तालिम प्रदान गरिनेछ भने दाेस्राे चरणामा ३० हजार विद्यार्थीलाई र तेस्रो चरणबाट सबै विद्यार्थीलाई समेटिने उल्लेख गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३