close

एआर प्रविधियुक्त पहिलो स्मार्टफोन सार्वजनिक गर्दै वानप्लस

टेकपाना टेकपाना

असार २४, २०७७ १५:२५

एआर प्रविधियुक्त पहिलो स्मार्टफोन सार्वजनिक गर्दै वानप्लस

एजेन्सी । वानप्लसले लामो समयदेखि आफ्नो मिड रेञ्जको स्मार्टफोन नोर्डको लामो समयदेखि विज्ञापन गर्दै आइरहेको छ । कम्पनीले अब यो फोनलाई चाँडै नै सार्वजनिक गर्ने घोषणा गरेको छ ।

कम्पनीले आगामी जुलाई २१ मा यो फोन सार्वजनिक गर्ने भन्दै प्रेस विज्ञप्तिमार्फत त्यसको आधिकारिक जानकारी सार्वजनिक गरेको छ । सोही विज्ञप्तिमा वान प्लसले उक्त नोर्ड स्मार्टफोनमा अग्मेन्टेड रियालिटी (एआर) प्रविधि समावेश रहेको विषयको समेत खुलासा समेत गरेको छ । 

कम्पनीले नोर्ड फोनलाई हातमा राखेर प्रयोगकर्ताहरुले विभिन्न वस्तुहरुलाई भर्चुअलरुपमा अनुभूति गर्नसक्ने बताएको छ । साथै उसले प्रयोगकर्ताहरुलाई वान प्लस नोर्ड एआर एप  डाउनलोड गर्न आह्वान पनि गरेको छ । 

कम्पनीले यो फोन पाँच सय डलर अर्थात् आजको विनिमयदरमा ५९ हजार ८०० नेपाली रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध हुने बताइएको छ । यो फोनको डिजाइनको कुरा गर्दा यसको टिजर पोस्टरमा देखाइए अनुसार यो फोनको आकार वान प्लस तथा प्रकार एटको जस्तै रहेको छ । 

नोर्डमा ६.४ इञ्चको डिस्प्ले रहनेछ भने त्यसमा ९० हर्जको रिफ्रेश रेट रहनेछ । यो आठ जीबी र्‍याम र १२८/२५६ जीबी इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । 

फोनमा चार हजार एमएएचको ब्याट्री र ३० वाटको र्‍याप चार्जिङ प्रविधि समेत समावेश गरिएको छ । नोर्ड फोनमा स्नापड्रागन ७६५ प्रोसेसर रहेको छ । यो फोनमा फ्ल्यागशिप क्यामेरा प्रयोग गरिएको कम्पनीका सहसंस्थापक कार्ल पेइले एक अन्तरवार्तामा बताएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३