close

बैंककाे डिजिटल रूपान्तरणका लागि नबिलको ह्वावेसँग सम्झौता

टेकपाना टेकपाना

असार २४, २०७७ १६:२५

बैंककाे डिजिटल रूपान्तरणका लागि नबिलको ह्वावेसँग सम्झौता

काठमाडौं । बै‌ंकको डिजिटल रूपान्तरणका लागि नबिल बैंकले ह्वावेसँग सम्झौता गरेको छ । यो विषयमा बुधबारमात्रै सम्झौता भएको हो । सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र ह्वावे टेक्नोलोजीबाट नेपालका लागि प्रमुख कार्यकारी अधिकृत डेंग शुइगेनले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ह्वावेले नबिल बैंकलाई डिजिटल रूपान्तरणका लागि विभिन्न पक्षमा सहयोग पुर्‍याउनेछ । जसमा नयाँ डिजिटल बैंकिङ, इन्टेलिजेन्स सुरक्षा प्रणाली, इन्टेलिजेन्स बैंकिङ सेवा प्रवाह, इन्टेलिजेन्स आन्तरिक व्यवस्थापन लगायतका विषयहरु रहेका छन् ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले यो साझेदारी बैंक र ग्राहक वर्गमा मूल्य अभिवृद्धि गर्नका लागि रणनीतिक रूपमा महत्वपूर्ण हुने बताएका छन् । उनले विश्वमा विभिन्न उद्योगको डिजिटल रूपान्तरणमा ह्वावेको अनुभवले बैंकलाई डिजिटल बैंक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३