close

आईफोनमा ब्याट्री चुहावटको मूख्य कारण एप्पल म्युजिक एप

टेकपाना टेकपाना

असार ३०, २०७७ १८:२७

आईफोनमा ब्याट्री चुहावटको मूख्य कारण एप्पल म्युजिक एप

काठमाडौं । आईफोन थोरै चलाउँदा पनि २४ घण्टामा ५० प्रतिशत ब्याट्री सकिन्छ भने यसलाई सामान्य रुपमा नलिनुहोस् । विगत केही हप्तादेखि यो समस्या धेरै आईफोन प्रयोगकर्ताहरुको डिभाइसमा देखा परिरहेको छ । 

आईओएस १३.५.१ मा ब्याट्री चुहावटको समस्यालाई लिएर एप्पल कम्युनिटी वेबसाइट तथा रेडिटमा प्रयोगकर्ताहरुका गुनासो देखा परिरहेका छन् । यसको मुख्य कारण भने एप्पल म्युजिक एप रहेको म्याक र्‍युमरले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । 

एक प्रयोगकर्ताले आईफोन इलाभेन केही दिन अघि मात्र खरिद गरेको र ब्याट्री चाँडो सकिने गरेको गुनासो पोखेका छन् । उनले एप्पल म्युजिक एप नचलाए पनि १८ घण्टाभन्दा धेरै समय ब्याकग्राउण्डमा त्यो रन हुने गरेको र त्यसले ९५ प्रतिशत ब्याट्री खपत गरिरहेको बताएका छन् । यसै कारण नयाँ फोनको ब्याट्री तात्ने समस्या देखिरहेको उनले बताएका छन् । 

एप्पल म्युजिक एप प्रयोग नहुँदा समेत ब्याट्री चुहावट हुने गरेको पाइएको हो । सो एप प्रयोग नगर्दा समेत दिनमा घण्टौंसम्म पृष्ठभूमीमा एपभित्र गतिविधिहरु सञ्चालन भइरहने हुँदा ब्याट्री चुहावटको समस्या पैदा भएको हो । 

म्युजिक एप बाहेक आईफोनमा ब्याकग्राउण्ड गतिविधिमा नै समस्या भएको बताइएको छ । यसबारे एप्पलले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन । यद्यपी आईफोनको ब्याट्री समस्यालाई लिएर बढ्दो गुनासोबीच एप्पलले यसको समाधान खोज्ने अपेक्षा गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३