close

सफ्टवेयर निर्यातको आम्दानी बैंक खाताबाटै बुझ्न सकिने

टेकपाना टेकपाना

साउन २, २०७७ १६:३३

सफ्टवेयर निर्यातको आम्दानी बैंक खाताबाटै बुझ्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन तथा इलेक्ट्रोनिक माध्यमबाट निर्यात हुने सफ्टवेयर लगायतका सूचना प्रविधि सम्बन्धी विविध सेवा वापतको आम्दानी बैंक खातामै प्राप्त गर्न सकिने व्यवस्था मिलाउने भएको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकका गभर्न महाप्रसाद अधिकारीले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार यसरी प्राप्त विदेशी मुद्रा सम्बन्धित निर्यातकर्ता वा सेवाप्रदायकको विदेशी मुद्रा बैंक खाता वा कार्डमा प्राप्त गर्न सकिने व्यवस्था मिलाइनेछ ।

बीपीओ तथा सफ्टवेयर बिक्री मार्फत प्राप्त आम्दानी मुलुकभित्र ल्याउने सरल र सहज व्यवस्था नहुँदा सूचना प्रविधि कम्पनीहरुले विभिन्न किसिमका झञ्जट व्यहोर्दै आएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४