close

लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै एनआईसी एसियाले सुरु गर्‍यो अनलाइन भौचर

टेकपाना टेकपाना

साउन २, २०७७ १९:४३

लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै एनआईसी एसियाले सुरु गर्‍यो अनलाइन भौचर

काठमाडौं । पछिल्लो समय आक्रामक रुपमा बजार विस्तार गरिरहेको एनआईसी एसिया बैंकले अनलाइनबाटै भौचर भर्न सकिने सुविधा सुरु गरेको छ । देशको बैंकिङ क्षेत्रमै पहिलो पटक एनआईसी एसिया बैंकले आफ्नो मोबाइल तथा कम्प्युटरबाटै आफूले चाहेको बैंक शाखाको खातामा नगद रकम जम्मा गर्ने भौचर अनलाइन भर्न सकिने सुविधा ल्याएको हो । 

बैंकले समयअनुरुप परिस्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा यो नयाँ योजना ल्याइएको जनाएको छ । यससँगै अब एनआईसी एसिया बैंकका ग्राहकले  नगद रकम जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्ने भएका छन् ।

अनलाइनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसेरै सेवा लिन सहयोग पुग्ने बैंकले जनाएको छ । नगद जम्मा गर्ने सेवाको अलावा बैंकले मोबाइल बैंकिङ सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौज्दात विवरण, चेक अनुरोध, ई–कमर्स दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, एबीबीएस सुविधा र स्टेटमेन्ट अनुरोध गर्नका लागि आई सर्भर मार्फत सेवा दिँदै आएको छ ।

आईसर्भ मार्पत ती सेवाहरू लिँदा शतप्रतिशत शूल्क छूटको व्यवस्था गरिएको छ । हाल मुलुकभर बैंकका ३२६ शाखा कार्यालयहरू, ४६४ एटीएम, १०१ वटा एक्स्टेन्सन काउण्टर तथा ६१ वटा शाखा रहित बैंकिङ कार्यालय रहेका छन् ।

कसरी प्रयोग गर्ने ?

अनलाइनबाटै एनआईसी एसिया बैंकको भौचर भर्न यहाँ क्लिक गर्नुहोस् । लिंङ्कभित्र बैकमा उपलब्ध हुने भौचर डिजिटल स्वरुपमा देखा पर्नेछ ।

भौचरमा आफूलाई पायक पर्ने शाखा छनौंट गर्नुहोस् र आवश्यक विवरण भर्नुहोस् ।

विवरण भरिसकेपछि बैंकबाट तपाईंलाई एसएमएसमार्फत डिपोजिट कोड प्राप्त हुनेछ ।

यति गरेपछि उक्त डिपोजिट कोडसहित तपाईं सिधै बैंकको सम्बन्धित शाखाको काउण्टरमा गएर चाहेको खातामा नगद जम्मा गर्न सक्नुहुनेछ ।

यसरी नगद जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि नगद बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा नगद रकम जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रिन्ट गरेर उपलब्ध गराउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४